संसदमा बजेटमाथि उठेका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिँदै

काठमाडाैं, असार १५ । प्रतिनिधिसभाको बैठक अहिले जारी छ । जारी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालय र मातहतका निकायको विनियोजन शीर्षकमा उठेका प्रश्नहरूको जवाफ दिइरहनुभएको छ ।

जवाफ दिनेक्रममा प्रधानमन्त्री ओलीले लोकतन्त्र नागरिकको बलिदानीले आएको बताउदै अधिनायबाद आउने कुरामा प्रतिपक्षलाई कटाक्ष गर्दै जनतालाई आतंकि बनाउने कुरा नगर्न आग्रह गर्नु भयो ।

यसैबिच, आर्थिक वर्ष २०७५–०७६ को विनियोजन विधेयक आज प्रतिनिधिसभाबाट पारित हुँदैछ। बजेटका अन्य आश्रित विधेयक बाँकी रहे पनि विनियोजन विधेयक आज पारित गर्न लागिएको संसद सचिवालयले जनाएको छ ।

यस्तै, विधेयक पारितअघि २१ सांसद्हरुले दर्ता गराएका खर्च कटौतीका प्रस्ताव निर्णयार्थ पेस हुनेछन् । प्रस्तावको छिनोफानो ध्वनिमतका आधारमा हुनेछ। प्रतिनिधिसभाले पारित गरेको विधेयक राष्ट्रियसभामा पेस हुनेछ। असार मसान्तसम्म दुबै सदनबाट विनियोजन विधेयक पारित भइसक्नु पर्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + seven =