जनताको जागरण र संघर्षबाट आएको लोकतन्त्रलाई कुनै तागतले पन्छाउन सक्दैन– प्रधानमन्त्री ओली

काठमाडौँ, असार १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जागरण, एकता र ठूलो संघर्षबाट आएको लोकतन्त्रलाई कुनै तागतले पनि पन्छाउन नसक्ने बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको विनियोजित बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै प्रम ओलीले लोकतन्त्रलाई कुनै तागतले पन्छाउन नसक्ने बताएका हुन् ।

लोकतन्त्र कसैले किस्तीमा सजाएर दिएको वा अरुको पसिनाले आएको, त्यसका लागि ४५–५० वर्षदेखि लागेका घाउका खतहरु अझै बाँकि रहेको बताउँदै प्रम ओलीले भने, ‘लोकतन्त्र कहाँ जान्छ ? जान्छ भने फेरी के आउँछ ? यो जनताको बलिदानबाट आएको हो । जनताको जागरण, एकता र ठूलो संघर्षबाट आएको लोकतन्त्रलाई कुन तागतले पन्छाउन सक्छ ?’

लोकतन्त्रप्रति सरकार प्रतिवद्ध छ, उनले भने, अधिनायकवाद आउँछ भन्नु थेगो मात्रै हो ।

संविधान संशोधनप्रति सकारात्मक देखिएका प्रधानमन्त्री ओलीले भने, ‘हामी ठीक बाटो लिएका छौं । हाम्रा बीचमा कतिपय असझदारीका विषयहरु थिए । हामीले संविधान ठीकै ढंगले जारी गर्यौँ । केही केही आलोचना पनि भयो ।’

उनले संविधान असंशोधनीय दस्तावेज नरहेको समेत स्वीकारे ।

‘संविधान संशोधन गर्ने दस्तावेज होइन भन्ने कस्ले भनेको छरु,’ ओलीले प्रश्न गरे, ‘देशको आवश्यकताको आधारमा संविधान संशोधन हुनसक्छ । संशोधन नहुने गरी संविधान बनाएको हो र ?’

प्रधानमन्त्री कार्यालय दह्रोगरी अनुगमन गर्ने र कदम चाल्ने मुडमा रहेको पनि ओलीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =