प्रधानमन्त्रीले राजीनामा दिनु उचित : ओली

किशोर खनाल, भरतपुर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा मागेका छन् । प्रेस चौतारी चितवन शाखाले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ओलीले भारतमा गएर नेपालको आन्तरिक मामिलामा बोल्ने प्रधानमन्त्रीले राजीनामा दिनु उचित हुने बताए । ‘भारतमा गएर सांसदको निर्णय फेरि सच्याउँछु भन्नु कहाँसम्मको हाँस्यास्पद हो ?’ उनको भनाइ थियो ।

अध्यक्ष ओलीले भने, ‘संसद्को दुई दिन अघिको निर्णयलाई विदेशमा गएर सच्याउँछु भन्ने प्रधानमन्त्रीले राजीनामा दिनु उचित हुनेछ ।’ सरकारलाई अरूको झुम्का जोडेर बनाएको पुतलीले सङ्ख्या दिँदै ओलीले धेरै फूर्ति नलगाउन चेतावनीसमेत दिए ।

उनले एमाले एक्लैले भ्रष्टचार रोक्न नसक्ने बताए । उनले भने, ‘भ्रष्टचार रोक्ने राज्यले हो, नागरिकले होइन ।’ उनले सरकारले भष्ट्रचार गरेको आरोपसमेत लगाएका थिए । ‘भ्रष्टचारको विरुद्धमा एमालेले पटक–पटक संसद्मा आवाज उठारहेको छ’ ओलीले भने । उनले २ महिनापछि एमाले सरकारमा जाने दाबी गरेका थिए । ओलीले प्रदेश नम्बर २ को निर्वाचनमा पनि एमाले पहिलो पार्टी बन्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + fourteen =