लक्ष्मीलाई खुशी तुल्याउन पूरा गर्नुस् यी ७ विधि, जसले सुख शान्ति प्राप्त हुन्छ

लक्ष्मीलाई धनकी देवी भनिन्छ । लक्ष्मीको पुजा गरे धनी भइने जनविश्वास रहेको छ । यहाँ लक्ष्मीलाई खुसी तुल्याउने केही तरिका प्रस्तुत गरिएको छ । घरमा कुवेरको मुर्ति राख्दा लक्ष्मी खुसी हुने विश्वास गरिन्छ ।

खासमा कुवेर पनि धनका मालिक हुन् र उनले लक्ष्मीको रक्षा गर्छन् । र कुवेरको मुर्ति राखिएको स्थान सफा हुनु पर्छ । श्रीफल भनिने नरिवल चढाउँदा लक्ष्मी सबैभन्दा खुसी हुने धर्म शास्त्रमा उल्लेख छ । श्रीफलको अर्थ पनि लक्ष्मी नै हो । यो नरिवल सामान्य नरिवल भन्दा सानो हुन्छ ।

त्यसै गरी पारोले बनाइएका जुन सुकै चित्र वा तस्विर पनि लक्ष्मीका लागि विशेष मानिन्छन् । घरमा पारोले बनेको लक्ष्मीको मुर्ती राख्नु निक्कै फलदायी मानिन्छ । लक्ष्मी समुन्द्रबाट उत्पत्ती भएको मानिन्छ । मुंगा पनि समुन्द्रकै उत्पादन भएका कारण मुंगा लक्ष्मीलाई चढाउँदा धन प्राप्ती हुने विश्वास गरिन्छ ।

त्यसैगरी चाँदीले बनेका लक्ष्मी र गणेशको मुर्ति सँगै राख्दा निक्कै फलदायी मानिन्छ । तर यस्ता मुर्तिको पुजा भने दैनिक रुपमा गरिनु पर्छ । श्री यन्त्रको प्रयोग पनि लक्ष्मी खुसी पार्ने अचुक उपाय हो । यसको पुजा गर्दा लक्ष्मी खुसी हुने जनविश्वास छ ।

कमलको वियों लक्ष्मीलाई चढाउँदा फलदायी हुने विश्वास छ । यसले घरमा धनको वृद्धि हुने मानिन्छ ।

हिन्दु धर्ममा शुक्रबारको दिन लक्ष्मी पुजाको दिन मानिन्छ । यिनलाई धनकी देवी मानिन्छ । यो दिन केही मानिस व्रत समेत बस्ने गर्दछन् जसले सबैको मनोकामना पुरा होस र सुखशान्तिसँग बस्न सकियोस । तर धनकी देवीलाई खुशी बनाउन निकै कष्ट छ । यदि जन्म कुन्डलीमा शुक्र छ भने त्यसले अशुभ फल दिईरहन्छ ।

शुक्रको प्रभावले कति रोगहरुको सामना गर्न पर्छ थाहा छ ? जसले तपाईको जीवनमा सुख नामको कुनै चीज रहँदैन ।

जसका लागि तपाई नयाँ नयाँ उपाय गर्नुहुन्छ किनकी तपाई चाहानुहुन्छ की तपाईको ग्रह ठिक होस । माता लक्ष्मीको कृपा पाउनका लागि हामी के गर्दैनौ जसले माता हामीसँग खुशी रहुन ।

यदि तपाई माताको कृपा पाउन चाहानु हुन्छ भने लक्ष्मीको पुजा गरिसकेपछि लक्ष्मी स्तुतीको पाठ गर्न जरुरी हुन्छ । जसले तपाईको मनोकामना पुरा हुन्छ ।

लक्ष्मी स्तुती यस प्रकार रहेको छः

आदि लक्ष्मि नमस्तेऽस्तु परब्रह्म स्वरूपिणि। यशो देहि धनं देहि सर्व कामांश्च देहि मे।।ज्ञ।। सन्तान लक्ष्मि नमस्तेऽस्तु पुत्र९पौत्र प्रदायिनि। पुत्रां देहि धनं देहि सर्व कामांश्च देहि मे।।द्द।। विद्या लक्ष्मि नमस्तेऽस्तु ब्रह्म विद्या स्वरूपिणि। विद्यां देहि कलां देहि सर्व कामांश्च देहि मे।।घ। ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =