अमेरिकाको पत्रिका कार्यालयमा गोली प्रहार, ५ जनाको मृत्यु

काठमाडौं, असार १५ । अमेरीकाको मेरील्याण्ड प्रान्तमा रहेको एउटा पत्रिका कार्यालयमा आक्रमण भएको छ । आक्रमणमा ५ जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् ।

मेरिल्याण्डमा रहेको स्थानीय पत्रिकाको कार्यालयमा बन्दुकधारीले जथाभावि गोली चलाएको हो । बन्दुकधारीले समाचार कक्षलाई लक्षित गरी गोली चलाएका प्रत्यक्षदर्शीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

स्थानीय प्रहरीका अनुसार आक्रमणमा संलग्न एक बन्दुकधारीले घटना पछि आत्मसमर्पण गरेका छन् । उनलाई हिरासतमा राखि अनुसन्धान भइरहेको छ । पत्रिकाको कार्यालय रहेको भवनबाट अरु १ सय ७० भन्दा धेरै जनाको उद्दार गरिएको र उनीहरु सुरक्षित रहेका प्रहरीले जनाएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 15 =