ट्र्याक्टर दुर्घटना हुँदा एक किशोरको मृत्यु
२०७४ जेठ १५ गते

असाेज २९, दाङ । ट्र्याक्टर दुर्घटना हुँदा आज एक किशोरको मृत्यु भएको छ । गढवा गाउँपालिका –१ जरौनीमा रोकिराखेको लु ३ त ३४९८ नं को ट्र्याक्टर दुर्घटना हुँदा १३ वर्षीय विश्वास अधिकारीको मृत्यु भएको दाङ प्रहरीले जनाएको छ ।

विश्वासका बाबु चालक रहेको ट्र्याक्टर रोकिराखिएको अवस्थामा विश्वासले चलाउन खोज्दा दुर्घटना भई उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख दुर्गा सिंहले जानकारी दिए । रासस
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








