विश्वकप: ट्युनिसियाको सान्त्वना जित, पानामा २ – १ ले पराजित

काठमाडौं, असार १५ । रुसमा जारी फिफा विश्वकप फुटबलमा ट्युनिसियाले सान्त्वना जित हात पारेको छ  । समूह एच मा रहेको ट्युनिसियाले बिहिबार राति भएको समूह चरणको अन्तिम खेलमा पानामालाई २ – १ ले हराउदै सान्त्वना जित निकालेको हो ।

मोर्डोभिया स्टेडियममा पानामाले बनाएको सुरुवाती अग्रता उल्टाएर ट्युनिसियाले जित निकालेको हो । ट्युनिसियाको लागि बेन युसुफ र वाह्बी खाज्रीले समान एक एक गोल गरे । पानामाको लागि पनि ट्युनिसियाकै खेलाडीले गोल गरे । ट्युनिसिया यासिने मेरिहले आत्मघाती गोल गरेका थिए ।

यो जितसँगै ट्युनिसियाले समूह चरणमा ३ अंक जोडेको छ । र, ट्युनिसिया ३ अंक जोडेर घर फर्किएको छ । यो समूहमा अंक बिहिन रहदै पानामा घर फर्किएको छ । यो समूहमा बेल्जियम बिजेता र इंग्ल्यान्ड उपविजेता बन्दै नकआउट चरणमा पुग्न सफल भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 4 =