मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

समूह ‘एच’ बाट कोलम्बिया र जापान अन्तिम १६ मा

काठमाडौं, असार १५ । विश्वकप फुटबल प्रतियोगितामा समूह ‘एच’ बाट कोलम्बिया र जापान अन्तिम १६ मा पुगेका छन्। बिहीबार पोल्यान्डसँग १-० गोलले पराजित भएपनि जापानले अन्तिम १६ मा स्थान पक्का गरेको हो।

यता कोलम्बियाले अन्तिम खेलमा सेनेगललाई १-० गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो। कोलम्बिायका लागि मिनाले ७४ मिनेटमा गोल गरे।

समूहमा कोलम्बियाले ६ अंक जोड्दै समूह विजेता बन्यो। जापान समूह उपविजेता बन्यो। जापान र सेनेगलले ४-४ अंक जोडे। दुवै टिमको गोलअन्तर पनि समान थियो। तर जापानले कम पहेँलो कार्ड पाएका कारण सेनेगललाई पछि पार्न सफल भयो। फेयर प्लेमा जापानको -४ र सेनेगलको -६ अंक थियो।

योसँगै नकआउट चरणमा पुग्ने १६ वटै टिमको टुंगो लागेको छ।

प्रतिकृयाहरु
Loading...