प्याजको बोक्राका यी पाँच फाइदा थाहा पाउँदा बिर्सेर पनि गर्नुहुनेछैन यसलाई फ्याँक्ने गल्ती

काठमाडौं, असार १५ । प्याजको फाइदाबारे हामीमध्ये धेरैलाई थाहा होला तर डस्टबिनमा फ्याँकिने प्याजको बोक्राको फाइदाबारे भने निकै कमलाई थाहा होला । सुन्दा अचम्म लाग्ला तर प्याजको बोक्राले हाम्रो विभिन्न स्वास्थ्य समस्याबाट छुटकारा दिलाउँछ । यसबारे जानकारी लिऔंः

ब्याड कोलेस्ट्रोलमा फाइदाजनकः

प्याजको बोक्रालाई रातभरी पानीमा भिजाएर राख्नुहोस् र बिहान उठ्नेबित्तिकै त्यो पानी खानुहोस् । तपाईंलाई यसको स्वाद मिठो लाग्दैन । चाहनुहुन्छ भने यसमा मह मिसाएर खान सक्नुहुन्छ । दैनिक यसको सेवन गर्नुहोस् । केही दिनभित्रै यसको असर तपाईं आफैंले महसुस गर्नुहुन्छ ।

एलर्जीबाट राहतः

यदि तपाईंको छालामा एलर्जी भइरहन्छ भने प्याजको बोक्रालाई रातभरी भिजाएर राख्नुहोस् र बिहान उठेपछि त्यही पानीले छाला सफा गर्नुहोस् । यो तरिका दैनिक अपनाउँदा तपाईंलाई एलर्जीको समस्याबाट राहत मिल्छ ।

सुन्दर कपालः

महिलाले आफ्नो कपाललाई नरम र चम्किलो बनाउन विभिन्न प्रकारको कन्डिसनरको प्रयोग गर्छन् । तर तपाईं प्याजको बोक्राको पानीले कपालको सुन्दरतालाई कायम राख्नसक्नुहुन्छ । यसका लागि सुरुमा तपाईंले स्याम्पुले नुहाउनुपर्छ र रातभरी प्याजको बोक्रा भिजाएको पानीले अन्तिममा पखाल्नुहोस् ।

अनुहारको दाग–धब्बाः

अनुहारको दाग धब्बा हटाउनका लागि विभिन्न सौन्दर्य प्रसाधनको प्रयोग गरिन्छ । यसबाट राहत पाउनका लागि प्याजको रसयुक्त बोक्राको प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि प्याजको बोक्रामा बेसार मिसाएर यसलाई दाग भएको स्थानमा लगाउनसक्नुहुन्छ । नियमित रुपमा यस्तो गर्दा केही दिनमा नै तपाईंको अनुहारबाट दाग गायब हुनेछन् ।

घाँटी दुख्दाः

प्याजको बोक्राले तपाईंलाई घाँटी दुख्दा पनि आराम दिन्छ । यसका लागि प्याजको बोक्रालाई तातो पानीमा उमाल्नुहोस् । घाँटी सम्बन्धि समस्याका लागि प्याजको बोक्राको अचम्मको चिया निकै लाभकारी हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *