टाढिँदै एमाले-माओवादी एकता, कारण यस्तो छ

काठमाडौं, पुस २२ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकीकरण प्रक्रिया लम्बिने भएको छ । पार्टी एकताका लागि पदीय भागवण्डामा कुरा मिल्न नसक्दा एकता संयोजन समितिको बैठक बस्न सकेको छैन ।

केहि दिनदेखि एमालेका अध्यक्ष केपी ओली अस्वस्थ बन्दा दुई पार्टीबीच शीर्ष तहमा छलफलसमेत हुन सकेको छैन ।

दुई अध्यक्षबीच एक सातादेखि छलफलसमेत हुन सकेको छैन । आजको नेपाल समाचारपत्रमा खबर छ ।

माओवादी केन्द्रले नयाँ सरकार निर्माण हुनुभन्दा अघि नै पार्टी एकीकरण गर्नुपर्ने निर्णय गरेको छ भने एमाले पार्टी एकीकरण र सरकार निर्माण एकसाथ अगाडि बढाउनुपर्ने पक्षमा देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 12 =