पुटिन र ट्रम्पको शिखर वार्ता हेलसिन्कीमा हुने
२०७४ जेठ १५ गते

“
मस्को, १४ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हुने भनिएको शिखर वार्ताको मिति र स्थान बिहीबार सार्वजनिक गरिएको छ ।
लामो समयदेखि प्रतिक्षा गरिएको उनीहरूको शिखर वार्ता आउँदो जुलाई महिनाको १६ तारिखमा फिनल्याण्डको हेल्सीन्कीमा हुने भएको अधिकारीहरुले बताएका छन् ।
रूसको प्रमुख प्रशासनिक केन्द्र क्रेमलिनले बिहीबार सार्वजनिक गरेको वक्तव्यमा उहाँहरूको शिखर वार्ता, मिति र स्थानका बारेमा ट्रम्प र पुटिनसँगको परामर्श र सहमतिमा निर्णय भएको उल्लेख छ ।
वक्तव्यमा भनिएको छ, “अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रुसी समकक्षी भ्यादिमिर पुटिन जुलाई १६ मा हेल्सीन्कीमा दुई पक्षीय शिखर वार्ता गर्न सहमत भएका छन् ।” रासस/एएफपी
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








