सुनकाण्डबारे म मौन रहनेछु – आईजीपी खनाल

काठमाडौँ, असार १४ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले तस्करीको सुन र सनम शाक्य हत्या प्रकरणबारे पक्राउ परेका प्रहरी अधिकारीका बारेमा आफू केही नबोल्ने बताएका छन्।

बिहीबार प्रहरी प्रधान कार्यालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै प्रहरी महानिरिक्षक खनालले तस्करीको सुन र सनम हत्याबारे  अनुसन्धान गर्न गृह मन्त्रालयले छुट्टै समिति गठन गरेकाले त्यसबारे आफूले् बोल्न नपर्ने बताए ।

‘घटनाको अनुसन्धान गर्न सरकारले छुट्टै समिति बनाएको छ र सोही समितिले अनुसन्धान गर्दै आएको छ, त्यसमा मैले बोल्ने कुरा छैन, त्यो मेरो क्षेत्राधिकारको बाहिरको कुरा हो,’ प्रहरी महानिरिक्षक खनालले भने।

‘सरकारले गठन गरेको समितिलाई यो गर या त्यो गर भन्ने हामीले होइन,’ उनले पत्रकारसँग भने, ‘संगठनमा राम्रो काम गर्ने प्रहरी अधिकृतको पक्षमा बोल्ने मै हो, बिगतमा पनि बोलेको थिएँ, राम्रो काम गरेका छन् भन्दैमा उनीहरुले सधै राम्रो गरेका छन् भन्न सकिन्नँ।’

साढे ३३ किलो सुन गायव भएको भन्दै खोज्ने क्रममा सनम शाक्यको हत्या भएपछि घटना बाहिर आएको थियो। सुन तस्करीमा प्रहरीको पनि संलग्नता रहेको तथ्य बाहिरिएसँगै केही उच्च पदस्थ प्रहरी अधिकृतहरुमाथि पनि अनुसन्धान हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *