“दोस्रो चरणको निर्वाचनलाई कुनै पनि शक्तिले अब रोक्न सक्दैन”, अध्यक्ष ओली

कोहलपुर : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दोश्रो चरण अन्तर्गत स्थानीय तहको निर्वाचन आगामी असार १४ गते नै हुने बताएका छन् । नेकपा (एमाले) कोहलपुर नगर कमिटीले आयोजना गरेको कोहलपुर नगरपालिकाका उम्मेदवारको नामावली घोषणा सभालाई सम्बोधन गर्दै उनले असार १४ मा नै स्थानीय तहको चुनाव हुने भएकाले पार्टीका नेता तथा कार्यकर्तालाई घरदैलो र प्रचारप्रसारमा लाग्न निर्देशन दिएका हुन ।

अध्यक्ष ओलीले भने, “दोस्रो चरण अन्तर्गत असार १४ गते निर्धारण गरिएको स्थानीय तहको निर्वाचनलाई कुनै पनि शक्तिले अब रोक्न सक्दैन,  त्यसैले ढुक्क भएर निर्वाचनको माहोल बनाउन आम मतदातालाई मेरो अपिल छ ।”

सरकारमा जानका लागि राष्ट्रिय हितमा असर पुग्ने कुनै पनि काम एमालेले नगर्ने स्पष्ट पार्दै उनले अध्यक्ष ओलीले स्वतन्त्र र शान्तिपूर्ण निवार्चन गराउने पक्षमा भुमिका खेल्न प्रहरी प्रशासनलाई आग्रह गर्दै धाँधली गर्ने, मतपत्र च्यात्ने, जनमतलाई धुजाधुजा पार्ने कार्यको सबैले विरोध गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा एमालेबाट कोहलपुर नगरपालिकाका प्रमुख पदमा लुटबहादुर रावत र उपप्रमुखमा कृष्णाकुमारी चौधरीसहित १५ वटै वडाका वडाध्यक्षका उम्मेदवारको नामावली घोषणा गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 13 =