राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि चुनावी घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं, कात्तिक २१ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । संवैधानिक राजसंस्था र जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने विषयलाई चुनावी घोषणापत्रमा समावेश गरेको छ । मुलुकमा सनातन धर्मसापेक्ष हिन्दूराष्ट्र कायम गरी सम्पूर्ण धर्मबीच समानता र पूर्ण धार्मिक स्वतन्त्रता कायम गरिने तथा आर्थिक वृद्धिदरमाथि लैजान १५ वर्षभित्र पर्याप्त रोजगारी सिर्जना गरी वैदेशिक रोजगारमा जाने जनशक्तिको अन्त्य गरिने घोषणा पत्रमा उल्लेख छ ।

घोषणा पत्रमा वीर–अस्पताल सरहका अस्पताल नयाँ संरचनाअनुसार सातै प्रदेशमा स्थापना गरिने, आगामी १० वर्षभित्र १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने योजना कार्यान्वयन गरी सदाका लागि विद्युत्भार कटौतीको अन्त्य गरिने तथा उच्चस्तरीय छानबिन न्यायिक आयोग गठन गरी अवैध रुपमा कमाएका सम्पत्ति जफत गर्ने र विभिन्न व्यक्ति एंव समूहद्वारा विदेशमा लुकाइएका कालोधन फिर्ता ल्याई राष्ट्र निर्माण उपयोग गरिने उल्लेख छ ।

पार्टीले आर्थिक गतिविधि रोक्ने खालका नेपाल बन्दजस्ता कार्यक्रम कदापि नगर्ने, आत्मसमर्पणवादी चिन्तनबाट कमजोर बनाइएको राष्ट्रियताको संरक्षण गरिने, काठमाडौँ–हेटाँैडा जोड्ने सुरुङमार्ग, काठमाडौँ–जुम्ला जोड्ने राजमार्ग, काठमाडौँ बाहिरी चक्रपथ, तराई मधेसको मेची महाकाली हुलाकी राजमार्ग, मध्यपहाडी राजमार्ग, काठमाडौँ तराई द्रुतमार्ग, मेचीकाली विद्युतीय रेलमार्ग, कोशी तथा नारायणी नदीमा जलमार्गजस्ता यातायातको सञ्जाल निर्माण गरिने घोषणा पत्रमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − seven =