तोकेको ठाउँभन्दा अन्यत्र विरोध प्रदर्शन गरे कारवाही गरिने-गृहमन्त्री थापा

काठमाडौं, असार १४ । गृह मन्त्रालयले विरोध र प्रदर्शनका लागि तोकेको ७ ठाउँबाहेकमा त्यस्ता कार्यक्रम गरे कडा कारवाही गरिने जनाएको छ । आवागमनहरु व्यवस्थित होस् भन्नका निम्ति खासखास ठाउँहरुलाई सरकारले निशेधित क्षेत्र तोकेको छ ।

गृह मन्त्रालयमा विहिबार आयोजित पत्रकार सम्मेलनमा तोकिएको ७ ठाउँमा मात्र प्रदर्शन गर्न जानकारी दिइएको छ । ‘सात ठाउँमा साउन १ गतेदेखि यो नियम कडा रुपमा लागू हुन्छ,’ पत्रकार सम्मेलनमा गृहमन्त्री रामबहादुर थापाले भने, ‘तोकेको ठाउँभन्दा अन्यत्र विरोध प्रदर्शन गरे कारवाही गरिनेछ।’

उनले विरोध प्रदर्शनका लागि ठाउँ निर्धारण गराउँदा राजधानीको सुरक्षा व्यवस्था र ट्राफिक व्यवस्थापनामा सहज हुने तथा सर्वासाधारणलाई राहत मिल्ने जानकारी दिए।

२०७४ चैत ३० गते काठमाडौं जिल्ला सुरक्षा समितिको बैठकले प्रदर्शनका लागि स्थान तोकेको थियो। खुलामञ्च, तीनकुने चौर, भुइँखेल चौर, पेप्सिकोला खेल मैदान, सानो गौचरण, लैनचौर समाज कल्याण परिषद अगाडि र सिफल चौरमा विरोध सभा गर्न मिल्ने निर्णय भएको थियो।
पूर्व जानकारीसहित कार्यक्रम गर्दा सुरक्षाको पूर्ण प्रत्याभूतिसमेत गरिएको गृहले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 10 =