संघीयताका लागि चित्रबहादुर केसीभन्दा प्रधानमन्त्री ओली खतरनाकः गगन थापा

काठमाडौँ, असार १४ । प्रमुख प्रतिपक्षी दलका सांसद गगन थापाले विनियोजित बजेट अपूर्ण रहेको र ठीक नभएको भन्दै फेल गराउन आग्रह गरेका छन् ।

आजको प्रतिनिधि सभाको बैठकमा दर्ता भएको सार्वजनिक महत्वको प्रस्तावमाथि बोल्दै थापाले विनियोजित बजेट स्थानीय निकाय र संघीयता विरोधी रहेको भन्दै फेल गराउन आग्रह गरेका गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली चित्रबहादुर केशी भन्दा पनि बढी संघीयता विरोधी रहेको आरोप लगाउँदै थापाले भने, ‘यो बजेटलाई पनि फेल गर दिउँ, यसलाई अगाडि नबढाउ । यो वर्ष कस्तो–कस्तो अयोजना छनोट गरिएको छ ? सम्पन्न गरेपछि मात्र तल बुझाउनु पर्ने छ ?’

‘यो बजेट प्रदेश र स्थानीय निकायमा काम लाग्दैन। यो संसद संघीयताको विरोधी बजेट देखिएको छ । केन्द्र सरकारको षड्यन्त्रलाई स्थानीय र प्रदेश सरकारले बुझ्ने छ,’ थापाले भने ।

विनियोजित बजेटमाथि संसदमा छलफल जारी रहँदा सांसद खगराज अधिकारीले सार्वजनिक महत्वको विषय दर्ता गराएका छन् ।

सत्ता पक्षबाट यस्तो प्रस्ताव दर्ता भएपछि प्रतिपक्षी दलका सांसदहरु आक्रोसित भएका छन्। सत्तारुढ दलका सांसदहरुले समर्थनमा बोल्दैछन् भने प्रतिपक्षी दलका सांसदहरुले विरोध गर्दैछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 17 =