ग्रेस ईन्टरनेशनलको आठौं शाखा बानेश्वरमा
काठमाडौं, माघ २० । ग्रेस ईन्टरनेशनलको नयाँ शाखा काठमाडौंको बानेश्वरमा खुलेको छ । अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुका लागि परामर्श दिंदै आएको ग्रेसको यो आठौं शाखा हो ।
नेपाल टु भिक्टोरिया जनरल कन्सल्टेन्ट चन्द्र योञ्जनको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बिच शाखाको उद्घाटन गरियो । कार्यक्रममा जनरल कन्सल्टेन्ट योञ्जनले अष्ट्रेलिया अनुभव बताउँदै त्यहाँको शैक्षिक वातावरण एवं विद्यार्थीका लागि आइपर्ने चुनौती तथा अवशर बारे स्पष्ट पारेका थिए । योञ्जनले अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई उचित परामर्श दिएर पठाउन यहाँस्थित कन्सल्टेन्सिहरुसँग आग्रह समेत गरे ।
कार्यक्रमका सभापति एन्ड्रु पौडेलले ग्रेस इन्टरनेशनलका बारेमा जानकारी गराउँदै नयाँ बानेश्वरको आठौं शाखाले बिशेषत Abroad Study जानुअघि गरिने भाषिक ज्ञान (IELTS, TOEFL, PTE, SAT) जस्ता अध्ययनका लागि सुविधासम्पन्न कक्षा कोठा, लाइब्रेरी, कम्प्युटरलगायतको व्यवस्था मिलाईएको बताए । पौडेलले ग्रेस इन्टरनेशनलले विद्यार्थीहरुका लागि उचित शैक्षिक परामर्शसँगै विद्यार्थीको अध्ययनका लागि विशेष ध्यान पुर्याईएको जानकारी गराए ।
समारोहमा एजुकेशनल जर्नलिष्ट एशोसिएसनका अध्यक्ष प्रकाश सिलवाल बिशिष्ट अतिथि थिए भने एन–प्याब्सनका निबर्तमान सचिव प्रल्हाद दाहाल, राजु पौडेल, शिव अधिकारी, उमेश तण्डुकार लगायतको आतिथ्यता रहेको थियो ।
राजधानको पुतलीसडकमा मुख्य कार्यालय र चाबहिलमा शाखा कार्यालय रहेको ग्रेस इन्टरनेशनलको राजधानी बाहिर बुटवल, हेटौंडा, चितवन, पोखरा, नेपालगञ्ज लगायतका स्थानमा समेत शाखा कार्यालयहरु छन् ।
ग्रेसले सन् २००६ देखि अष्ट्रेलिया, अमेरिका, चिन, दक्षिण कोरिया, भारत लगायतका देशमा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि परामर्श सेवा दिंदै आएको छ ।