आइतबार काठमाडौंमा यस बर्षकै सबैभन्दा बढी गर्मी महसुस
२०७४ जेठ १५ गते

काठमाडौं । आइतबार काठमाडौंमा यस बर्षकै सबैभन्दा बढी गर्मी महसुस गरिएको छ ।

उपत्यकाको शनिबारको तापक्रम २९ डिग्री सेल्सियस रहेकोमा आइतबारको तापक्रम ३२ डिग्री सेल्सियस रेकर्ड भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उपत्यकाको उच्च तापक्रम यस बर्ष गत जेठ ९ गते (मे २३ तारिखमा) ३१ दशमलव ६ डिग्री रेकर्ड भएको थियो ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








