सर्वाधिक कमाउने १० मोडलहरु, कस्को कमाई कति (सुची सहित)

मङ्सिर,९ काठमाडौं । जिसेल बन्डचेन सन् २००२ पछि पहिलो पटक सर्वाधिक आम्दानी गर्ने मोडलको सूचिमा परिनन् । फोब्र्सले बार्षिक रुपमा सार्वजनिक गर्ने सूचिमा ३७ बर्षीय ब्राजिलियन सून्दरी शीर्ष स्थानबाट दोश्रो स्थानमा झरेकी छिन् ।
शीर्ष स्थानमा अमेरिकन मोडल तथा टीभी कलाकार केन्डर जेनर छिन्, भने २२ बर्षीय केन्डरले सन् २०१७ मा २२ मिलियन अमेरिकी डलर कमाइ गरेका छिन् ।

केन्डर सर्वाधिक आम्दानी गर्ने मोडलको शीर्ष स्थानमा पुग्नलाई इन्स्टलग्राममा ८५ मिलियनभन्दा धेरै फलोवरका र स्टेइ लउन्डर, ला पेरला, एडीडासलगायत प्रख्यात ब्राण्डसँगको सहकार्य भएको जनाइएको छ ।
सन् २०१६ मा ३०।५ मिलियन अमेरिकी डलर आम्दनी गरेकी जिसेल बन्डचेनका लागि यो बर्ष खासै राम्रो रहन सकेन । सन् २०१७ मा उनको कमाई ४३ प्रतिशतले घटेर १७।५ मिलियनमा पुगेको छ । विगत १५ बर्षदेखि सर्वाधिक आम्दानी गर्ने मोडल उनी थिइन् । यस बर्ष उनी दोश्रो स्थानमा छिन् ।
३१ बर्षीय सुन्दरी क्रिसी टिगन सूचीको तेश्रो स्थानमा छिन् । उनले यस बर्ष १३।५ मिलियन अमेरिकी डलर आम्दानी गरेकी छिन् । पहिलो पटक उनी शीर्ष १० भित्र पर्न सफल भएकी हुन्।
यस्तै, एड्रियाना लिमा, गिगी हदीद, रोजी हिन्टिटन्गटन, कार्ली क्लोस, लि वेन, बेला हदीद, एस्ले ग्राहम क्रमस शीर्ष १० स्थानमा छन् ।
मोडल कमाई अमेरिकी डलमा
केन्डल जेनर २२ मिलियन
जिसेल बन्डचेन १७.५ मिलियन
क्रिसी टिगन १३.५ मिलियन
एड्रियाना लिमा १०.५ मिलियन
गिगी हदीद ९.५ मिलियन
रोजी हिन्टिटन्गटन ९.५ मिलियन
कार्ली क्लोस ९ मिलियन
लि वेन ६.५ मिलियन
बेला हदीद ६ मिलियन
एस्ले ग्राहम ५.५ मिलियन








