प्रदेश ४ को पहिलो बैठक आज बस्दै, सम्पूर्ण तयारी पुरा

पोखरा, माघ २२ । प्रदेश नम्बर ४ को प्रदेशसभा बैठक सोमबार पोखरामा बस्दैछ । प्रदेशसभाको पहिलो बैठक बस्ने स्थानको भवन तथा अन्य ब्यवस्थापन सकिएको छ । प्रदेश सभाको बैठक हुने नदिपुरस्थित रहेको नगर प्रशिक्षण केन्द्रको हल सहित भवनहरु सिंगारपटार गरेर आकर्षक तुल्याइएको छ ।

नगर प्रशिक्षण केन्द्रको हलमा टेबल, कुर्सी मिलाउनेदेखि रंगरोगनका काम सकिएको कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले बताए ।

नदीपुरको नगर विकास प्रशिक्षण केन्द्रको सभाहलमा प्रदेशसभाको तयारीका लागि आवश्यक पूर्वाधार निर्माणको काम सकिएको प्रजिअ अधिकारीले बताए । ‘कार्यालय र प्रदेश सभाका पदाधिकारीका निवास लगायत अन्य संरचनाको पनि मर्मत र विस्तारको काम करिव अन्त्य भएको छ’ उनले भने । ‘अब, बैठक, कार्यालय र मन्त्रालयको ब्यवस्थापन कार्य हुन्छ ।’

 यसअघि सम्पन्न सर्वदलीय बैठकले प्रदेशसभा सञ्चालन कार्यवधि २०७४ पारित गर्ने निर्णयसमेत गरेको छ । प्रदेश सभाको सोमवार बस्ने बैठकको सञ्चालनको समय डेढघण्टाको हुने प्रदेशसभाका सहसचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार बैठकमा ३ ठूला दलका ३/३ जना र साना २ दलबाट १/१ जना गरी ११ जनाले बोल्ने ब्यवस्था मिलाईएको छ । जसमा प्रत्येक दलबाट १ जना महिला अनिवार्य वक्ताका रुपमा राखिने छ ।

सर्वदलिय बैठकले सभामुखको फागुन ३ र उपसभामुखको ६ गते निर्वाचन गर्ने सहमति जुटाएको छ ।

सभामुखको निर्वाचनअघि नै मुख्यमन्त्री चयन हुने सम्भावना पनि छ । मुख्यमन्त्रीमा एमालेबाट पृथ्वी सुब्बा गुरुङ र किरण गुरुङ मुख्य प्रतिश्पर्धीका रुपमा देखिएका छन् । तर,लामो समय सम्मपनि दलहरुले पार्टीको तर्फबाट उमेदवार चयन गर्न सकेका छैनन् । सभामुख र उपभामुखको निर्वाचन फागुन ३ र ६ गते सहमती दलका नेताले बताएका छन् ।

प्रदेशसभा बैठकस्थलमा नेपाल प्रहरीका निरीक्षकको नेतृत्वमा ५५ जना मर्यादापालक खटिनेछन् । सभास्थल बाहिर २५ जना सुरक्षाकर्मी खटाइने छ । ६० सदस्यीय प्रदेशसभाको बैठक बस्ने स्थलमा सांसदका लागि माइकसहितका कुर्ची मिलाएर राखिसकिएको छ । बैठक हेर्न त्यसभन्दा पछिल्लो भागमा अन्य सहभागीका लागि ६० र पत्रकारका लागि ३० कुर्ची राखिएको छ ।

प्रदेशको अस्थायी मुकाम तोकीएसंगै मन्त्रालयहरुकोलागि भौतिक संरचना निर्माणको कार्य करिव सकीएको छ। बिहीबार विभिन्न सरकारी कार्यालयमा मन्त्रालय समेत स्थापना गरिएको छ ।

सीप विकास प्रशिक्षण केन्द्रको नवनिर्मित भवनको केही कोठामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय स्थापना गरी काम सञ्चालन गरिएको छ । अन्य मन्त्रालय स्थापनाको तयारी समेत पूरा भएको छ । प्रदेश नं ४ मा गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, नवलपरासी, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत र मनाङ जिल्ला पर्छन् ।

प्रदेशसभामा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र नयाँ शक्ति गरी ५ दलको प्रतिनिधित्व छ । प्रदेश ४ मा एमालेका २७, कांग्रेसका १५, माओवादीका १२, जनमोर्चाका ३, नयाँ शक्तिका २ र स्वतन्त्र १ गरी कुल ६० सदस्य छन् ।

प्रदेशसभाको पोशाक दौरासुरुवाल, सुटपाइन्ट र साडीचोलो

सर्वदलीय बैठकले प्रदेशसभा बैठकका प्रक्रिया सम्बन्धमा छलफल गरी पोशाकका विषयमा सहमति जुटाएकोछ ।

ज्येष्ठ सदस्य श्रेष्ठका अनुसार प्रदेशसभा बैठकमा आउन पुरुष तथा महिला सदस्यलाई तीन प्रकृतिको पोशाक निर्धारण गरिएको छ । बैठकमा पुरुष सदस्यले दौरासुरुवाल र कोट वा सुट पाइन्ट वा आआफ्नो जातीय पहिचानको सांस्कृतिक पोशाक लगाउनुपर्ने व्यवस्था गरिएको छ ।

पुरुष सदस्यले दौरा सुरुवाल र कोट वा सुट पाइन्ट वा आआफ्नो जातीय पहिचानको सांस्कृतिक पोशाक, महिला सदस्यका लागि साडीचोलो वा सुट पाइन्ट वा जातीय पहिचानको सांस्कृतिक पोशाक निर्धारण गरिएको छ ।
त्यस्तै महिला सदस्यका लागि साडीचोलो वा सुट पाइन्ट वा जातीय पहिचानको सांस्कृतिक पोशाक निर्धारण गरिएको छ ।

बैठकको पूर्वसध्यामा बैठक अभ्यास

बैठकका लागि आइतबार रियलसल मेत गरेको छ । बैठकमा एमालेबाट पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङ थिए भने काँग्रेसबाट कृष्णचन्द्र नेपाली र विन्दुकुमार थापा माओबादीका हरि चुमान र नेत्रनाथ अधिकारी, जनमोर्चाले कृष्ण थापा र नयाँ शक्ति पार्टी नेपालबाट हरिशरण आचार्य सहभागी थिए ।

प्रदेशसभामा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा र नयाँ शक्ति गरी ५ दलको प्रतिनिधित्व छ । प्रदेश ४ मा एमालेका २७, काँग्रेसका १५, माओवादीका १२, जनमोर्चाका ३, नयाँ शक्तिका २ र स्वतन्त्र १ गरी कुल ६० सदस्य छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *