बौद्ध माकलबारीमा निर्वस्त्र बेवारिसे शव फेला

काठमाडौँ, असार १३ । काठमाडौँको बौद्ध माकलबारीको खोला किनारमा अन्दाजी ३५–३६ वर्षको पुरुषको बेवारिसे शव फेला परेको छ । टाउकोमा चोट भएको र शरिरमा कपडासमेत नरहेको शव फेला परेको हो ।

बिहान करिब साढे सात बजेतिर स्थानीयबासीले शव देखेपछि बौद्ध प्रहरीमा खबर गरेलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतकको पहिचान खुलेको छैन । प्रहरीले घटनास्थल र शवको अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 2 =