गोर्खा वेल्फेयरको सहयोगमा मावि भवन

म्याग्दी, असार १३ ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा रहेको शिख माध्यमिक विद्यालयमा ब्रिटिस गोर्खा वेल्फेयर ट्रष्टले आठकोठे भवन निर्माण गरिदिएको छ ।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त बनेको यस विद्यालयमा वेल्फेयरले एक करोड ६६ लाखको लागतमा सुविधायुक्त पक्की भवन निर्माण गरेको हो ।

भूकम्प प्रतिरोधी भवन निर्माण गरी वेलफेयरले हालै विद्यालयलाई भवन हस्तान्तरण गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मीनबहादुर बुद्धुजाले जानकारी दिए ।

गत मंसिर १४ गतेदेखि शुरु भएको भवन निर्माण कार्य असार ६ गते सम्पन्न भएको छ । वेल्फेयरले विद्यालय भवनसँगै पाँचकोठे छुट्टै शौचालयसमेत निर्माण गरेको विद्यालयका प्रधानाध्यापक केदार कार्कीले जानकारी दिए ।

कक्षा १२ सम्मको पठनपाठन हुने सो विद्यालयमा हाल १९१ जना विद्यार्थी अध्ययनरत छन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *