प्रचण्ड अझै एक हप्ता सिंगापुरमै

काठमाडौं, असार १३ ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अझै एक साता सिंगापुरमा रहने भएका छन् । पत्नी सीताको उपचार लम्बिएपछि उनी तत्काल नेपाल नफर्किने भएका हुन् । पत्नी सीताको उपचारका लागि उनी गत ४ असारमा त्यसतर्फ प्रस्थान गरेका थिए ।

सीता दाहाललाई वाटरथेरापी र डाक्टरको प्रत्यक्ष निगरानीमा औषधि सेवन गर्ने सल्लाह दिएपछि प्रचण्डको सिंगापुर बसाइ लम्बिएको हो । आजको नयाँ पत्रिकामा समाचार छ ।

सीताको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधार हुँदै गएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । उनी बाथ, सुगर, प्रेसर र पेटसम्बन्धी रोगबाट पीडित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *