तीन लाख रुपैयाँ घुससहित प्रहरीका असई पक्राउ

काठमाडौं, ७ माघ  । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत् असई रमेश खड्का ३ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले खड्कालाई सोमबार पक्राउ गरेको हो ।

खड्का प्रहरी परिचालन कक्ष कन्ट्रोल शाखामा कार्यरत् थिए ।

उनले पेप्सीकोलाको एक सहकारीसँग सम्बन्धित लेनदेनको कागज लुकाएर पीडितसँग बार्गेनिङ गरेपछि पीडितले उजुरी दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =