कर्णालीमा क्षेत्रीय विमानस्थल बनाइने, हवाई क्षेत्रको विकासलाई उच्च प्राथमिकता

काठमाडौं,असार १२ । हवाई क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिँदै सरकारले कर्णाली प्रदेशमा पनि क्षेत्रीय स्तरको विमानस्थल निर्माण गर्ने घोषणा गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले सबै प्रदेशमा क्षेत्रीय स्तरको विमानस्थल निर्माण गर्ने अभियान अन्तर्गत कर्णाली प्रदेशमा पनि क्षेत्रीय स्तरको विमानस्थल निर्माण कार्य अघि बढाउने घोषणा गरेका हुन् ।

मन्त्रालयको विनियोजन बजेटमाथि प्रतिनिधिसभामा मंगलबार सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले सरकारले भौगोलिक कठिनाई भएकाले हवाई क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिएको पनि प्रष्ट पारे ।

मन्त्री अधिकारीले एक वर्षभित्र निर्माण कार्य सम्पन्न हुनेगरी गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्य सम्पन्न गर्न आवश्यक बजेटको व्यवस्था गरिएको पनि जानकारी दिए ।

उनले ३ वर्षभित्र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य सम्पन्न गर्ने योजना अनुसार कामलाई अघि बढाइएको पनि जानकारी दिए ।

मन्त्री अधिकारीले ३ वर्षभित्र सम्पदाहरुको पुनर्निर्माणको कामलाई सम्पन्न हुने गरी बजेटको व्यवस्था गरिएको पनि बताए। उनले सीमित स्रोत र साधनका कारण सोचे अनुसारको कामलाई अघि बढाउन नसकिएको  पनि उल्लेख गरे ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =