निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न सरकार लागि परेको छ: प्रधानमन्त्री देउवा
मकालु खबर
२०७४ जेठ १५ गते
काठमाडौं, मंसिर ६ । प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न सरकार लागि परेको स्पष्ट पार्नु भएको छ ।
प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी ओलीले ‘चुनाव सार्ने षडयन्त्रमा सरकार लागि परेको’ भन्ने झूट प्रचार गरिरहेको भन्दै आपत्ति पनि जनाउनु भयो । बुधबार अपरान्ह नेपाल पत्रकार महासंघका पदाधिकारीसँगको सामूहिक भेटमा उहाँले आफू चुनावमा केन्द्रित भईरहेका बेला एमाले अध्यक्ष ओलीले उल्टो प्रचार गरिरहेको गुनासो पनि गर्नु भयो । प्रधानमन्त्री देउवाले चुनावलाई सफल बनाउन संचारकर्मीहरुको भूमिका महत्वपूर्ण हुने धारणा पनि राख्नु भयो ।
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित