आलोचनाले पार्टी नेतृत्वलाई सच्चिएर आगाडि बढ्न सहयोग मिल्छ–नेता सिंह

काठमाडौँ, असार ११ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसभित्र राजनीतिक शुद्धीकरणको खाँचो रहेको औँल्याएका छन् ।

नेपाल ट्रेड युनियन काँग्रेसमा निर्वाचित पदाधिकारी तथा सदस्यलाई सम्मान गर्न गिरिजाप्रसाद कोइराला श्रम प्रतिष्ठानले सोमबार आयोजना गरेको कार्यक्रममा उनले भने, “हामीले कसैको व्यक्तिगत आलोचना गरेको होइन, पार्टी नेतृत्वको कार्यनीतिको आलोचना गरेको हो, आलोचना गर्न नपाउने भनेको होइन, त्यही आलोचनाले पार्टी नेतृत्वलाई सच्चिएर आगाडि बढ्न सहयोग मिल्छ ।”

नेता सिंहले काँग्रेस श्रमिकको पार्टी भएकाले श्रमिकलाई सम्मान गर्ने बताउँदै पार्टीले श्रमिकलाई उचित संरक्षण गर्न नसकेको गुनासो गरे ।

नेपाल ट्रेड युनियन काँग्रेसका नवनिर्वाचित अध्यक्ष पुस्कर आचार्यले पार्टीले श्रमिकलाई उचित सम्मान दिन नसकेकोप्रति दुःख व्यक्त गर्दै श्रमिक आयोग निर्माणका लागि पार्टीले सरकारलाई दबाब दिनुपर्नेमा जोड दिए ।

विसं २०६४ मा गिरिजाप्रसाद कोइराला हुँदा नै स्थापना भएको श्रमिक प्रतिष्ठानले श्रमिकको हकअधिकारका लागि विभिन्न रचनात्मक कार्य गर्दै आएको प्रतिष्ठानका महासचिव सूर्य नेपालले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *