गर्मीका कारण विद्यालय बन्द
मकालु खबर
२०७४ जेठ १५ गते
“
भीमदत्तनगर, असार ११। अत्यधिक गर्मी बढेपछि कञ्चनपुर भीमदत्तनगरपालिकाले चार दिनका लागि नगरक्षेत्रका विद्यालयको अध्यापन बन्द गर्ने निर्णय गरेको छ ।
नगरपालिकाका उपप्रमुख सुशीला चन्द सिंहको संयोजकत्वमा बसेको बैठकले मंगलबारदेखि शुक्रबारसम्म नगर क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
उपप्रमुख सिंहले अत्यधिक गर्मीका कारण विद्यार्थीको पठनपाठनमा समस्या देखिएपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी दिए ।
बैठकमा शिक्षकको पेशागत संघ संगठनका पदाधिकारीको पनि सहभागिता थियो । रासस
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित