भिसा लागे पनि १३ सय ६६ जना मलेसिया जान पाएनन्

काठमाडौँ– मलेसियाको भिसा लागिसकेका १ हजार ३ सय ६६ जनाको अन्तिम श्रम स्वीकृति रोकिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको निर्णय पहिले नै मलेसिया जाने प्रक्रिया पूरा गरे पनि उनीहरुलाई अन्तिम श्रम स्वीकृति दिइएको छैन । मलेसिया जाने कामदार ठगेको भन्दै विभिन्न संस्था खारेज गर्ने मन्त्री विष्टले निर्णय गरेका थिए ।

आफूहरुले रकम लिइसकेको र सबै प्रक्रिया पूरा गरेका कारण उनीहरुलाई अन्तिम स्वीकृति दिन माग गर्दै वैदेशिक रोजगार व्यवसायी संघले श्रम तथा रोजगार मन्त्रालयको ध्यानाकर्षण गराइसकेको छ ।  संघले संस्था खारेज गर्ने निर्णय पहिले नै उनीहरुको प्रक्रिया पूरा भएकाले श्रम स्वीकृति दिन माग गरेको छ ।

संघका अध्यक्ष रोहन गुरुङले कामदारले रकम बुझाइसकेको र स्वास्थ्य परीक्षण, अभिमूखिकरण तालिम, बिमा, मेडिकल जाँच लगायतका सबै प्रक्रिया पूरा भएकाले रोक्नु गलत हुने बताए । भिसा क्यान्सिल गर्दा पनि खर्च हुने भएकाले उनीहरुलाई पठाउने विकल्प खोज्नु पर्ने व्यवसायीको माग छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक भुवनप्रसाद आचार्यले भने, ‘मन्त्रालयको निर्णयपछि रोकिएको हो, व्यवसायी साथीहरुले मसँग पनि कुरा गर्नु भएको थियो ।’

मन्त्रीको निर्णयपछि मलेसिया नेपाली कामदार जान बन्द भएको छ । ५ हजार ७ सय ७५ जनाको कलिङ भिसा आए पनि थप प्रक्रियाका लागि नलगिएको अध्यक्ष गुरुङले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + fourteen =