नेपाली लाइसेन्स लिएका भारतीय नागरिक पक्राउ

झापा, असार ११। नक्कली सवारी चालक अनुमति पत्र बनाउने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

भारतको पश्चिम बंगालको आलिपुर, जयगाउँ घर भएका ३१ वर्षीय आदित्य दियालीलाई नक्कली लाइसेन्ससहित पक्राउ गरिएको हो ।

नेपालमा हुने मोटरसाइकल चोरीको घटनामा संलग्न भएको आशंकामा पक्राउ परेका उनीमाथि अनुसन्धान गर्ने क्रममा इलाका प्रहरी कार्यालय, अनारमनीका अनुसन्धान अधिकारीले दियालीको साथबाट नेपाली लाइसेन्स समेत भेट्टाएका थिए।

‘उनीसँग नेपाली लाइसेन्स भेटिएपछि शंका लागेर यातायात व्यवस्था कार्यालय, कोशीमा लाइसेन्स बारे सोधका थियौं’, कार्यालयका प्रमुख डिएसपी कृष्ण कोइरालाले भने, ‘त्यहाँबाट जवाफ आएपछि उनले भोजपुरको ज्यांग्रे–७ का किरणबहादुर कार्कीको नाममा जारी भएको लाइसेन्समा उनले आफ्नो फोटो टाँसेर प्रयोग गरेको खुलेको छ ।’

उनको साथबाट ०२–२२४७६ नेपाली र डब्लूबी १९२४४ बी ५०९ नम्बरको भारतबाट जारी भएको लाइसेन्स बरामद गरिएको पनि कोईरालाले जानकारी दिएका छन् । उनीमाथि विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 15 =