यी खेलाडीले उछिने रोनाल्डोलाई, दाबेदारी पछयाउँदै छन् अर्का खेलाडी
“
काठमाडौँ, असार ११ । पनामाविरुद्ध ह्याट्रिक गोल गरेपछि यो वर्ष फिफा विश्वकपमा सबैभन्दा बढी गोल गर्ने खेलाडीमा सबैभन्दा अगाडी परे इंग्ल्याण्डका ह्यारी केन ।
फीफा वल्र्डकपको जी ग्रुपको भिडन्तमा इंग्ल्याण्डले पनामाको ६–१ को फराकिलो अन्तरले हराएको थियो । र राउण्ड १६ मा स्थान बनाएको थियो । इंग्ल्याण्डको यस जीतमा म्याचका हिरो रहेका थिए कप्तान ह्यारी केन, जसले पनामाविरुद्ध कुल तीन गोल गरेका थिए । केनबाहेक ना स्टोन्सले दुइ गोल गरे जबकी लिंगार्डले एक गोल गरेका थिए । पनामाका कप्तान फेलिप बलायले एक गोल मात्रै गरेका थिए ।
गोल्डेन बूटको रेसमा अगाडी बढे ह्यारी केन
पनामाविरुद्ध ह्याट्रिक गोल गरेपछि यस वर्ष फीफा विश्वकपमा सबैभन्दा बढी गोल गर्ने खेलाडीमा अगाडी बढे ह्यारी केन र गोल्डेन बूटको मामिलामा एक नम्बरमा पुगे । केनको नाममा यो वर्ष विश्वकपमा पाँच गोल भएको छ । यसका साथै उनी यो वल्र्डकपमा ह्याट्रिक बनाउने क्रिस्टियानो रोनाल्डो पछिका दोस्रो खेलाडी बनेका छन् । पनामासँग पहिले केनले ट्युनिसियाविरुद्ध दुई गोल गरेका थिए ।
दोस्रो नम्बरमा बेल्जियमका रोमेलू लुकाकु
गोल्डेन बूटको दौडमा ह्यारी केन पश्चात् बेल्जियमको रोमेलू लुकाकू छन् । जसले यो वर्ष वल्र्डकपमा कुल ४ गोल गरेका छन् । लुकाकूले ट्युनीशियाविरुद्ध दुई गोल गरेका थिए । जबकि यो भन्दा पहिले उनले आफ्नो म्याचमा पनामाविरुद्ध दुई गोल गरेका थिए । फर्म हेर्ने हो भने यी फुटबलर गोल्डेन बूट अवार्डको लागि आफ्नो दावेदारी पेश गरिरहेका छन् ।
क्रिस्टियानो रोनाल्डो को नाममा पनि चार गोल
फीफा विश्व कप को शुरु भएको लगतै क्रिस्टियानो रोनाल्डो काफी लयमा देखिएका छन् । र सबैभन्दा बढी गोल गर्ने तेस्रो नम्बरमा झरेका छन् । रोनाल्डोको नाममा पनि यो वर्ष चार गोल छ तर प्वान्टको आधारमा उनी तेस्रो नम्बरमा छन् । पोर्चुगल टीमले अहिलेसम्म ४ गोल गरेका छन् । र चार गोल नै रोनाल्डोले गरेका हुन् । रोनाल्डोले यो वर्ष वल्र्डकपमा स्पेनविरुद्ध पहिलो म्याचमा ह्याट्रिक लगाएका थिए । जबकि दोस्रो म्याचमा मोरक्कोविरुद्ध उनले एक गोल गरेका थिए ।
गोल्डेन बूटको दौडमा सबैभन्दा अगाडि छन् यी खेलाडिः
खेलाडी देश गोल
हैरी केन इंग्ल्याण्ड ५ गोल
रोमेलू लुकाकू बेल्जियम ४ गोल
क्रिस्टियानो रोनाल्ड पोर्चुगल ४ गोल
डेनिस चेरीशेव रूस ३ गोल
डिएगो कोस्टा स्पेन ३ गोल
विश्वकपमा पहिलेका गोल्डेन बूट विजेता
खेलाडी देश साल गोल
जेम्स रोड्रिगेज कोलम्बिया २०१४ ६ गोल
थोमस म्युलर जर्मनी २०१० ५ गोल
मिरोस्लाव क्लोसे जर्मनी २००६ ५ गोल
रोनाल्डो पोर्चुगल २००२ ८ गोल
दावोर सुकर क्रोएशिया १९९८ ६ गोल
कसलाई दिइन्छ गोल्डेन बूट ?
गोल्डेन बूटको शुरुवात १९३० सालमा फीफा वल्र्डकपको शुरुवातको साथ नै भएको थियो । खेल सकिएपछि गोल्डेन बूटको शीर्षक त्यस खेलाडीलाई दिइन्छ, जसले पुरै खेलमा सबैभन्दा ज्यादा गोल गरेको छ । फीफा वल्र्डकपको इतिहासमा सिर्फ तीन पटक यस्तो भएको थियो कि सबैभन्दा ज्यादा गोल गर्ने खेलाडीको संख्या एक भन्दा धेरै भएको थियो, त्यो अवस्थामा संयुक्त रुपमा यो पुरस्कार दिइएको थियो ।
“