विश्वकपमा आज अन्तिम चरणका चार खेल, कुन टोली कोसँग भिड्दै छन् त ?

काठमाडौँ, असार ११ । रुसमा जारी विश्वकप फुटबलमा आज चार खेल हुँदैछन् । रुसमा जारी विश्वकपमा आज (सोमबार) समूह ए र बी गरी दुई समूहको अन्तिम चरणका चार खेलहरु हुँदैछन् ।

विश्वकप अन्तर्गत आज समूह ए बाट उरुग्वे र रुस तथा साउदी अरेबिया र इजिप्टले प्रतिस्पर्धा गर्दै छन् । दुवै खेल नेपाली समय अनुसार बेलुकाको ७ः४५ मा सुरु हुनेछ ।

यो समूहबाट अन्तिम १६ मा जाने दुई टोलीको तय भईसकेको छ । आयोजक रुस र उरुग्वेले यो समूहबाट नकआउट चरणमा स्थान बनाउदा साउदी अरेबिया र इजिप्ट समूह चरणबाटै घर फर्केको छ । त्यसैले आज हुने खेलमा उरुग्वे र रुसले समूह विजेता बन्नको लागि खेल्ने छ । साउदी र इजिप्ट भने एक जितसहित विश्वकप यात्रा टुंगाउन चाहन्छ ।

आजै हुने अर्को खेलमा समूह बी मा रहेको स्पेन र मोरक्को तथा इरान र पोर्चुगलबीच खेल हुनेछ । यो समूहको दुवै खेल राति ११ः४५ बजे सुरु हुनेछ । र, आजको खेलले यो समूहबाट दोस्रो चरणमा पुग्ने टोलीको तय हुनेछ ।

यो समूहमा पोर्चुगल र स्पेनको समान ४ – ४ अंक छ । इरानको ३ अंक रहदा मोरक्को अंकबिहिन रहेका छ । त्यसैले यो समूहबाट स्पेन, इरान र पोर्चुगलमध्ये एक टोलीले दोस्रो चरणको यात्रा तय गर्ने छ । यो समूहको दुवै खेल बराबरीमा सकिए स्पेन र पोर्चुगलले नकआउट चरणमा स्थान बनाउने छन् । इरानलाई भने जित्नै पर्ने दबाब छ । पोर्चुगलविरुद्ध जित निकाल्न इरानलाई सहज भने छैन ।

एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *