विश्वकप फुटवलः कोलम्बियालाई नक आउट चरणकाे बाटो खुल्ला

असार ११, काठमाडौं । कोलम्बियाले विश्वकपको नकआउछ चरणमा पुग्ने सम्भावनालाई जीवितै राखेका छ । पोल्याण्ड भने प्रतियोगिताबाट बाहिरिएको छ । गएराती पोल्यान्डसँगको खेलमा ३–० को स्पष्ट जीत निकालेको कोलम्बियाले नक आउट चरण प्रवेश गर्ने संभावित बाटो पहिल्याएको हो ।

समूह एचको पहिलो खेलमा जापानसँग २–१ ले स्तब्ध कोलम्बियाले पोल्यान्डलाई खेलमा आफ्नो प्रभुत्व कायम राख्न सफल भयो । खेलमा कोलम्बियालाई जिताउन येरी मिना, कप्तान राडामेल फाल्काओ र हुवा कोड्राडोले गोल गरे ।

४० औं मिनेटमा मिनाको गोलमा कोलम्बियाले खेलमा अग्रता लिएको थियो । पहिलो रोजाइमा परेका हामेस रोड्रिग्वेजको क्रसमा मिनाले नजिकबाट हेड गोल गर्दै अग्रता दिलाएका थिए ।

फाल्काओले ७० औं मिनेटमा गोल गरे । चोट कारण अघिल्लो विश्व कप गुमाएका फाल्काओको विश्व कपमा त्यो पहिलो गोल हो । ७५ औं मिनेटमा कोड्राडोले गोल गर्दै टोलीको जित निश्चित गरेका थिए । रोड्रिग्वेजको चलाखीपूर्ण पासमा बलअघि बढाउँदै कोड्राडोले गोल गरेका थिए ।

समूह चरणको आफ्नो अन्तिम खेललाई सेनेगललाई हराउन सके कोलम्बिया प्रि क्वार्टरफाइनलमा पुग्ने छ । यदि बराबरीमा रोकिएको खण्डमा भने जापान र पोल्यान्डबीचको नजितापछि अघिल्लो चरण पुग्ने दुई टोलीको टुंगो लाग्ने छ ।

यसअघि समूहको अर्को खेलमा जापान र सेनेगलले २–२ बराबरी खेलेका थिए । समान ४ अंक जोडेका यी दुई टोली मध्ये जापान शीर्ष स्थान र सेनेगल दोस्रो स्थानमा छ । कोलम्बिया ३ अंकसहित समूहको तेस्रो स्थानमा पुगेको छ । पहिलो खेलमा जापानले कोलम्बियालाई र सेनेगलले पोल्यान्डलाई समान २–१ ले हराएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − five =