दिपा श्रीमानको रिहार्इका निम्ती मिनभवनबाट सघंर्ष गर्दै

रोशन पोखरेल
तेह्थुम जिल्ला मोराहाङ स्थायी घर भर्इ हाल काठमान्डौ बस्ने दिपा गौतम न्यायका निम्ती भैतारिरहेकी छिन् । उनका श्रीमान नख्खु जेलमा २०६८ साल असार ३ गते देखी छन् । उनका श्रीमान् विश्वनाथ गौतम युनिटी लाइफ इन्टरनेशनलको सन्चालकका रूपमा युनिटी प्रकरणमा दोसी पाइएपछी जेल चलान गरिएको थियो । दिपा गौतम भने २०७३ साल असोज ४ गते देखी मिनभवनमा रहेको सिभील अस्पताल अगाडी विहान १० बजे देखी बेलुकी ५ बजे सम्म धर्नामा बसेकी छिन् । उनले श्रीमान कम्पनीको निर्देशकका रूपमा जागिरे जिवन बिताइरहनु भएको बताउदै एउटा जागिरेलार्इ षडयन्त्र पूर्वक फसाइएको बताउनु भयो ।

उनले भनिन, ‘निर्दोषलाई जेल सजाय गर्नु कहाँ सम्मको न्याय हो ?’ विश्वनाथ गौतम निर्दोष हुँदाहुँदै पनि विगत ६ वर्ष देखि जेल जीवन बिताइरहनु परेकोमा दिपाले दुखेसो व्यक्त गरेकी छन् । उनका श्रीमानले युनिटी लाइफ प्रकरणका क्रममा १ वर्ष मुद्दा खेप्नु परेको र २०६८ सालमा ललितपुर जिल्ला अदालतले ३ वर्षको जेल सजाय तोक्नुका साथै उनलाई १ करोड ६ लाख विगो र सोही बराबरको रकम जरिवाना सुनाएको उनकी श्रीमती दीपाले बताइन् । त्यस्तै उनी विरुद्ध सुनसरी जिल्ला अदालतले सोही मुद्दाका लागि २ करोड २३ लाख विगो र सोही रकम बराबर जरिवाना गरेको थियो । यता युनिटीका अध्यक्ष काशीराम गुरुङ भने तीन वर्ष जेल सजाय र अदालतले तोकेको ३ करोड ५० लाख धरौटी बुझाएर रिहा भइसकेका छन् । उनीसँगै जेल परेको विश्वनाथ कहिले जेल मुक्त हुने हुन् त्यसको कुनै टुंगो नभएको दिपा बताउछिन ।
दिपाले भनिन, “राज्यले उनलाई युनिटी लाइफ कम्पनिको ठगि प्रकरणमा संचालक भनि सजाय दिदै आएको छ तर दोषी भनिएका उनका श्रीमान विश्वनाथ गौतम उक्त कम्पनीको संचालक नरहेको भनि कम्पनी रजिष्टारको कार्यालयले समेत प्रमाणित गरिसकेको छ । त्यो चिठी गृहमन्त्रालयमा पुगे पछि गृहमन्त्रालयले समेत महान्यायाधिवक्ताको कार्यालयलाई संचालक नभएको अवस्थामा जेलमुक्त गर्नका लागि अनुरोध पत्र पठाएको थियो तर पनि गौतम जेल मुक्त नभएपछि परिवारले न्यायको लागि भन्दै आन्दोलन थालेको र उनको रिहाई नभए सम्म लडिरहने बताईन ।“








