विश्वकप फुटवलः जापान–सेनेगलले अंक बाँडे

काठमाडौं, असार १० । विश्वकप फुटबलमा अफ्रिकी टोली सेनेगल र जापान समूह चरणको अन्तिम खेल बराबरीमा टुङग्याएका छन् ।
रसियामा जारी विश्वकपको आज भएको दोस्रो खेलमा ग्रुप एचका जापान र सेनेगलले २–२ को बराबरी खेले ।

खेलमा शुरुवाती ११ औ मिनेटमा सेनेगलका साडियो मानेले जापानविरुद्ध पहिलो गोल गरे । त्यसपछि जापानका लागि ताकासी इनुले खेलको ३४ औ मिनेटमा सेनेगलविरुद्ध गोल फर्काए । पहिलो हाफ १–१ को बराबरीमा सकियो ।

दोस्रो हाफको ७१ औं मिनेटमा सेनेगलका मौसा वेगले दोस्रो गोल गर्दै टीमलाई अग्रता दिलाए । लगत्तै ७८ औँ मिनेटमा जापानका केइसुके होन्डाले दोस्रो गोल गरेर खेललाई २–२ को बराबरीमा र्पुयाएका थिए ।

यो खेलमा बराबरी गरेसँगै समूह एचमा जापान र सेनेगल ४–४ प्वइन्टसहित समूहको अग्रस्थानमा छन् । यस अघि जापानले पहिलो खेलमा कोलम्बियालाई २–१ ले पराजित गरेको थियो । सेनेगलले पनि पोल्याण्डलाई २–१ ले पराजित गरेको थियो ।

अब अर्को खेल जापानले पोल्याण्डसँग खेल्नेछ । सेनेगलले कोलम्बियासँग खेल्नुपर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =