धरान उपमहानगरपालिकाले ल्यायो रु. १ अर्व ६२ करोडको बजेट (विवरणसहित)

“
सुनसरी, असार १० । प्रदेश नं १ अन्तर्गतको सुनसरी जिल्लाको धरान उपमहानगरपालिको तेश्रो नगर सभा विभिन्न विधेयकहरु पारित गर्दै आईतबार सम्पन्न भएको छ ।
उक्त सभामा राजनितिक दलका तर्फबाट बिकास बनेपाली,मन्जु कसजु,लक्ष्मी लकान्द्री,तथा पदमा सुब्बाले समसामयीक विषयहरुको उठान गर्दै सभाको सफलताको लागि शुभकामना प्रदान गरेका थिए ।
सो सभामा नगर कार्यपालिकाबाट सिफारिस भइ आएका विधेयकहरु सम्बन्धित समितिका संयोजकहरुबाट सभामा पेश गरिएको थियो ।
पेश भएका विधेयकहरुमा कृषि व्यवसाय प्रवर्धन मस्यौदा विधेयक २०७४, न्यायीक समिति सम्बन्धी मस्यौदा विधेयक २०७४, सहकारी मस्यौदा विधेयक २०७४, प्रशासकीय कार्यविधि नियमन गर्ने मस्यौदा विधेयक २०७४ र नगरपालिका पदाधिकारी आचारसंहिता मस्यौदा विधेयक २०७४ पेश गरिएका थिए ।
सभामा केही नगर सभा सदस्यहरुले विभिन्न विधेयकहरुमा आ–आफ्ना संशोधन प्रस्तावहरु दर्ता गराएका थिए ।
नगर सभा सदस्यहरुले दर्ता भएका विषयमा दफावार छलफल गर्दै पेश भएका विधेयकहरु पारीत गर्दै नगर सभा समापन भएको छ ।
सभाको समापन गर्दै नगर प्रमुख तारा सुब्बाले सम्पुर्ण सभा सदस्यहरुलाई ईमान्दारिताका साथ जनताका कार्यमा जुट्दै जनभावना अनुसार कार्य गर्न निर्देशन दिईन र सभालाई मर्यादित, अनुशासित ढंगले संचालन गर्न सहयोग गरेकोमा सबै पक्षलाई धन्यवाद दिईन् ।
सोही सन्र्दभमा धरान उपमहानगरपालिकाको तेश्रो नगर सभाबाट पारित गरिएको आ. ब.२०७५/०७६ को वजेट तथा कार्यक्रम बक्तव्य जस्ताको त्यस्तै :
धरान उप महानगरपालिका
सुनसरी, प्रदेश नं. १, नेपाल
आ. ब.२०७५/०७६ को वजेट तथा कार्यक्रम बक्तव्य
आदरणीय सभाध्यक्ष महोदय,
आदरणीय धरानवासीको अमूल्य मतद्धारा निर्वाचित भई कार्यारम्भ गरेको एक वर्ष पश्चात सम्मानित नगर सभाको अधिवेशनमा दोस्रो बजेटको रुपमा धरान उपमहानगरपालिकाको आर्थिक वर्ष २०७५।०७६ को वार्षिक बजेट तथा कार्यक्रम नगर कार्यपालिकाको निर्णय अनुसार प्रस्तुत गर्न पाउँदा गौरवान्वित महशुश गरेको छु ।
यस अवसरमा नेपालको लोकतान्त्रिक गणतन्त्रमा योगदान गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात शहीदप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछु । साथै मुलुकको सामाजिक आर्थिक विकासमा योग्दान पुर्याउनु हुने विभिन्न राजनैतिक नेतृत्व, अग्रज तथा सरोकारवालाप्रति हार्दिक सम्मान समेत प्रकट गर्न चाहन्छु ।
हामीले धरान उपमहानगरपालिकाको नेतृत्व लिइरहँदा लामो समयको अन्तराल पछि स्थानीय तहले जनप्रतिनिधी प्राप्त गरेकाले नगरवासीहरुका विकास प्रतिका आकांक्षाहरु धेरै रहेका थिए ।
स्थानीय तहको निर्वाचन सकिएता पनि संघ र प्रदेश सभाको निर्वाचन भै नसकेको हुंदा सबै सो अभियानमा लाग्नु पर्ने भएको साथै कानूनहरुको समेत अभाबका कारण नगरको आन्तरिक आयमा उल्लेख्य बृद्धि गर्न सक्ने परिस्थिती थिएन, सो कारणले नगरको आन्तरिक आयमा उल्लेख्य बढोत्तरी हुन सकेन ।
तर यो एक वर्षको अवधिमा सिमित श्रोतवाट असीमित आबस्यकताहरु पूरा गर्न भरमग्दुर प्रयास गर्दै जनतालाई प्राथमिकताको आधारमा परिवर्तनको अनुभूती गराउन प्रयासरत् रह्यौंं भन्ने लागेको छ ।
जनसहभागितामा नेपालमै नमुनाको रुपमा धरानका विकासका ठूला अवसरका साथै चुनौति पनि रहेका छन् । नगर भित्र विगतमा भए गरेका राम्रा पक्षहरु र मुख्यतः गत एक वर्षमा भएका ठोस प्रयासहरुले प्रारम्भिक नतिजा देखाउन शुरु गरेको भएतापनि अझै वृहत्तर सोच र अभियानका साथ प्रशासनिक सक्षमताका साथ जनप्रतिनिधिको अगुवाई र जनताको अपनत्वमा धरानको सामाजिक आर्थिक विकासको प्रत्येक तह र तप्काका सूचकलाई मूर्त रुप दिँदै अगाडी बढन नगर कार्यपालिकाले योजनाबद्ध कार्यप्रणालीलाई संस्थागत गर्दै जाने नीति लिएको आदरणीय धरानवासी समक्ष जानकारी गराउन चाहन्छु ।
चालु आ.व.को खर्च प्रगति संक्षिप्त समीक्षा गर्दा कुल बजेट रु. १ अर्व ६२ करोड ६७ लाख मध्ये चालु तर्फ विनियोजित रकमको ६८ प्रतिशत र पूँजीगत तर्फ ५३ प्रतिशत खर्च भएको छ ।
सहरी पूर्वाधार निर्माणतर्फ चालु आर्थिक वर्षको जेष्ठ मसान्तसम्ममा ४.५ कि.मी. ढल निर्माण भएका छन् भने ४.१२ कि.मी. ढल निर्माणाधिन अवस्थामा रहेको छ । त्यसै गरी ४४६ मी. सडक कालोपत्रे सम्पन्न भएका छन् भने ६.३ कि.मी. सडक कालोपत्रे हुने अवस्थामा रहेको छ ।
सडक तथा ढल निर्माणतर्फ भने २.४३ कि.मी. निर्माणाधिन अवस्थामा रहेको छ । ७९४ मी. आर.सी.सी. सडक निर्माण सम्पन्न भएको र १.३ कि.मी. निर्माणाधिन अवस्थामा रहेको । १.२ कि.मी. रिटेनिंगवाल निर्माण सम्पन्न भई सकेका छन् भने ११३ मी. निर्माणाधिन अवस्थामा रहेको छ । त्यसैगरी १.५ कि.मी. स्ल्याव निर्माण भईसकेको छन् भने ६२६ मी. निर्माणाधिन अवस्थामा रहेको छ ।
मर्मत तर्फ ११.४ कि.मी. सडक कालोपत्रे, १ कि.मी. पैदल मार्ग, २६.८४ कि.मी. ट्रयाक चौडा, १६० मी. ग्राभेलिंग, ९१२ थान तारजाली ग्यावियन लगाउने कार्य, ९ स्थानको खेलमैदान, ९०० मी. खानेपानी पाईपलाईन निर्माण र ४ स्थानमा कल्भर्ट निर्माण सम्पन्न भई सकेका छन् ।
खानेपानी आयोजना तर्फ केन्द्रीय प्रणाली अन्तर्गत चारकोसे जंगल क्षेत्रमा निर्माण गरिएको डिप ट्युवेलबाट पिण्डेश्वर तथा सुम्नीमा प्रणालीको ट्यांकीमा पानी पुर्याई वितरणको प्रक्रिया शुरु गरिएको, सतह स्रोतको पानी सुदृढीकरण गर्ने अवयव सेडिमेन्टेन्सन, ट्यांक तथा फिल्टर आदि निर्माण सम्पन्न गरिएको छ ।
प्रस्तावित पाँच वटा वितरण प्रणाली मध्ये विजयपुर उपप्रणालीको काम हालसम्म स्थगित रहेको तथा अन्य सम्पूर्ण प्रणालीको ९५ प्रतिशत प्रगति हासिल भई वडा नं. १७ मा खानेपानी सेवा शुरु भएको छ ।
एकीकृत खानेपानी योजना तर्फ वित्तीय प्रगति ६१.७६ प्रतिशत रहेको छ । साथै लैंगिकमैत्री, बालमैत्री, पूर्ण सरसफाइ, सूचना प्रविधि मैत्री सेवा विस्तार गर्न सबै वडामा अप्टिकल फाइबर जडान आदि शुरुआत र निरन्तर कार्यान्वयनमा रहेका छन् ।
पूर्वकै नमुना शहरको रुपमा परिचित धरानको बहुआयामिक र बहुक्षेत्रीय विकासको गतिलाई अझ व्यवस्थित, दीगो र दरिलो बनाउन उपलब्ध स्रोत साधनको अधिकतम परिचालन र सदुपयोग गर्दे संघ, प्रदेश तथा विकास साझेदारसँगको सहकार्यमा स्रोत अभिवृद्धि गर्दै समुद्ध नेपाल, सुखी नेपाली र खुशी धरान बनाउने लक्षका साथ अघी बढन उपमहानगर केन्द्रित भएको छ ।
साथै बहुजातीय, बहुधार्मिक, बहुभाषिक, बहुसाँस्कृतिक र प्राकृतिक सम्पदाले भरिपूर्ण अनेकतामा एकताः विविधतामा समानतामूखी धरानको अनन्त संभावनालाई उजागर गर्दै जनताको अपेक्षा अनुरुप विकास र सेवा प्रवाहलाई अगाडी बढाउन दीर्घकालीन, मध्यकालीन र तत्कालीन आवश्यकतालाई प्राथमिकीकरण गरी योजना तर्जुमा र कार्यान्वयनमा प्रभावकारिता देखाउन आगामी आर्थिक वर्षको नीतिगत पक्ष लक्षित छ ।
आ. ब. २०७५।०७६ को नीति कार्यक्रम तथा वजेट तयार गर्दा विषेश गरेर निम्न कुराहरुलाई आधार लिएको कुरा समेत जानकारी गराउन चाहन्छु ।
(क) विगतका नगर सभावाट स्वीकृत भर्ई चालु अबस्थामा रहेका र सम्पन्न हुन वाकी रहेका आयोजनाहरु ।
(ख) वडा समितिवाट नगरस्तरीय योजनाकालागि प्राथमिकीकरण भएर आएका आयोजनाहरु
(ग) धरानको दीर्घकालीन सोच पुरा गर्ने नगरको गौरवका महत्वपूर्ण आयोजनाहरु
(घ) साबिकका गाउं बिकास समितिहरु समायोजन हुदा वनेका वडाहरुको अबस्था
(ङ) बढी भन्दा बढी जनसहभागीता जुट्ने आयोजनाहरु ।
(च) लक्षित वर्गका कार्यक्रमहरु लक्षित वर्गमा नै पुग्न सकुन भन्ने ध्येय आदि ।
सभाध्यक्ष महोदय,
अब म अनुमानित आय व्ययको विबरण पेश गर्न चाहन्छु
आगामी आर्थिक वर्ष २०७५।०७६ को कूल बजेट रु. १ अर्ब ८० करोड रहेको छ । आम्दानी तर्फको अनुमान यस प्रकार रहेको छः
क्र.स. आय शीर्षक
१ विभिन्न करहरु : ६ करोड ७२ लाख ६५ हजार
२ विभिन्न शुल्क तथा दस्तुरहरु : ७ करोड ४८ लाख
३ सम्पत्ति वहाल : ३३ लाख ८५ हजार
४ अन्य आय : ४५ लाख पचास हजार
५ स्रोत वाडफाड वाट आय : ७ करोड ३ लाख २० हजार २००
६ जनसहभागिता वापत : ३ करोड
७ मौज्दात सार्ने : १० करोड ८३ लाख १५ हजार
८ अनुदान तथा सहयोग : १ अर्ब ४ करोड १३ लाख
९ उपमहानगरपालिका तर्फको जम्मा : १ अर्ब ४० करोड
१० एकीकृत शहरी विकास आयोजना तर्फको : रु ४० करोड
(क) आय तर्फ :
धरान नगरपालिका उप महानगरपालिकामा स्तर उन्नती भए पनि यसको आन्तरिक आम्दानी विगत देखिनै न्यून रहेको हामी सबैलाई थाहा ज्ञात नै छ ।
नगरको प्रमुख आयको स्रोत मानिएको एकीकृत सम्पत्तिकरको विषयमा विगत देखिनै करको दररेट पुनरावलोकन हुन नसकीरहेकोमा आ.ब २०७५।०७६ मा एकीकृत सम्पत्तिकरको सट्टामा भौतिक संरचना भएको जग्गामा सम्पत्तिकर र खाली जग्गामा भूमिकर (मालपोत) लगाउनुपर्ने भएकाले सम्पत्तिकरको दररेटलाई प्रतिशतमा आधारीत गरी नयां दर प्रस्ताव गरिएको छ ।
त्यस्तै भूमिकर सम्बन्धमा साविक धरानको १ देखि १९ वडाको हकमा प्रतिधूर दश रुपैंया र साविक विष्णूपादुका र पाचकन्याको हकमा प्रति धुर पाँच रुपैंया लिने प्रस्ताव गरिएको छ । व्यबसाय करको दरमा पनि केहि प्रतिशत बृद्धि गरी नयां करको दर प्रस्ताब गरिएको छ ।
त्यस्तै नगरको आम्दानी बृद्धिका लागि करका अन्य बैकल्पीक श्रोतहरुको खोजि गर्ने साथै करको दायरामा नआएका करदाताहरुलाई करको दायरामा ल्याउने उद्देश्य राखिएको छ ।
अब म आर्थिक वर्ष २०७५।०७६ का लागि विभिन्न खर्च शीर्षकमा विनियोजन भएको वजेटको सारांश प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
आ.”








