काठमाडौैं महानगरले गर्यो १३ अर्ब २ करोडको बजेट विनियोजन

काठमाडौं,असार १०। काठमाडौैं महानगरपालिकाले १३ अर्ब २ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

आइतबार नगरसभामा उपमेयर हरिप्रभा खड्गीले आर्थिक वर्ष २०७५/०७६ का लागि १३ अर्ब २ करोड १२ लाख ३७ हजारको बजेट पेश गरेकी हुन् ।

बजेटको स्रोतमा आन्तरिक आय ४ अर्ब ९० करोड २१ लाख ५७ हजार, बाहृय स्रोतबाट ५ अर्ब १९ करोड र अन्य स्रोतबाट १ अर्ब ४ करोड ११ लाख अनुमान छ ।

महानगरले वडास्तरमा पूर्वाधार निर्माणमा ३ अर्ब ६ करोड २५ लाख बजेट बिनियोजन गरेको छ । कार्यालय सञ्चालन र प्रशासनिक खर्च १ अर्ब ९३ करोड छ ।

शिक्षामा १ अर्ब १० करोड ४६ लाख बजेट छुट्याइएको छ भने हनुमानढोका स्वयम्भू जोड्ने पदमार्ग निर्माण, ढुंगेधारा संरक्षण लगायतमा ५१ करोड ६७ लाख छुट्याएको छ ।

काठमाडौं महानगरपालिकाले भवन निर्माण र गाडी तथा अन्य सम्पत्ति खरिद मा २ अर्ब ३६ करोड १ लाख बजेट छुट्याएको छ । मोनोरेल, इलेक्ट्रिक बस, फ्लाइ स्काइ ब्रिज, ईट्वाइलेट लगायतको पूर्वसम्भाव्यता अध्ययन तथा डीपीआर गर्न १५ करोड १० लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =