नेपालमा ‘सट्टेबाजी धन्दा’ गर्दै आएका नागराज पक्राउ

काठमाडौं । नेपालमा ‘सट्टेबाजी धन्दा’ गर्दै आएका अमृत भन्ने नथमल अग्रवाल (नागराज) पक्राउ परेका छन् । उनले अन्डरवर्ल्ड डन दाउद ईब्राहिमसँग मिलेर सट्टेबाजी गर्दै आएका छन् ।

केही महिना पहिले भारतमा सम्पन्न आईपिएल क्रिकेटमा सट्टेबाजी गराएर २ करोड ४० लाख ठगी गरेको खुलेपछि नागराजलाई काठमाडौंको पानीपोखरीबाट नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) धिरज प्रताप सिंहले जानकारी दिएका छन् ।

धनुषाको जनकपुर नगरपालिका–३ स्थायी घर भएका नागराजले महोत्तरी स्थायी घर भई काठमाडौं बस्ने राकेश सिंह लगायतका ब्यक्तिहरुबाट आइपिएल क्रिकेटमा सट्टेबाजीमा रकम राख्दा ३ महिनामा तेब्बर हुन्छ र हारेमा फिर्ता हुन्छ भन्दै २ करोड ४० लाख ठगी गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

सट्टेबाज नागराजले ललाईफकाई ठगी गरेको भन्दै प्रहरीले उनलाई ठगी मुद्दामा म्याद लिएर अनुसन्धान शुरु गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − twelve =