दक्षिण कोरियालाई हराउँदै मेक्सिको नक आउट चरणमा सुरक्षित

असार ९, काठमाडौं । विश्वकप फुटवलको भर्खरै भएको खेलमा मेक्सिको विजयी हुँदै राउण्ड १६ मा स्थान सुरक्षित गरेको छ ।

ग्रुप एफ को सम्पन्न खेलमा दक्षिण कोरियालाई २-१ गोल अन्तरले हराउँदै मेक्सिको दोस्रो चरणमा प्रवेश गरेको हो । मेक्सिको नक आउट चरणमा पुग्ने छैटौं टीम हो ।

समुह चरणको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन्स जर्मनीलाई १-० ले पराजीत गरेको मेक्सिकोले दक्षिण कोरियालाई पराजित गर्दा खेलको २६ औं मिनेटमा कार्लोस भेलाले पेनाल्टीमा पहिलो गोल गरेका थिए ।

त्यसपछि जाभिएर ह्र्नान्डेजले ६६ औं मिनेटमा सुन्दर गोल गरे । आजको खेलमा कोरियालाई अधिकांश समय नियन्त्रणमा राखेको थियो ।

खेलको अन्तिम समयमा दक्षिण कोरियाले एक गोल फर्कायो । उसका लागि इन्जुरी समयको तेस्रो मिनेटमा सन हेङ्ग मिनले डि वक्स बाहिरबाट सुन्दर गोल गरेपनि जितका लागि पर्याप्त भएन ।

दक्षिण कोरिया यस अघि स्वीडेनसँग पराजित भएको थियो । अाज राती नै डिफेन्डिङ च्याम्पियन्स जर्मनी र स्विडेन विच हुँदैछ । जर्मनी पहिलाे खेलमा मेक्सिकाे सँगै पराजित भएकाेले अबकाे खेल उसलार्इ जित्नै पर्ने दवाव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *