अब कुनैपनि समस्या परेमा सरकारलाई ११११ मा फोन गर्न सकिने

काठमाडौं, पुस ४ । अब कुनैपनि समस्या परेमा सरकारलाई फोन गर्न सकिने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको हेलो सरकारले कल सेन्टर शुरु गरेको हो ।

सर्वसाधारणका गुनासोलाई व्यवस्थित तरिकाले सम्बोधन गर्न कल सेन्टर शुरु गरिएको हेलो सरकारका अधिकृत रामचन्द्र कोइरालाले जानकारी दिनुभयो । हेलो सरकारले कागजविहीन बनाई र तत्काल सर्वसाधारणको गुनासो सम्बन्धित निकायमा पु¥याई सम्बोधन गर्नका लागि कल सेन्टर शुरु गरिएको उहाँले बताउनुभयो । सर्वसाधारणले ११११ मा फोन डायल गरी कलसेन्टरमार्फत गुनासो राख्न सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *