एसईई नतिजा, १४ हजारले पाए ’ए प्लस’,
२०७४ जेठ १५ गते

“
काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालयले आज अपरान्ह पत्रकार सम्मेलन गरी गत चैत महिनामा सञ्चालित परीक्षाको नतिजा सार्वजनिक भएको हो ।
एसईई परीक्षामा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी भएका थिए । नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ परीक्षार्थी सहभागी थिए ।
जसमा १४ हजार २ सय ३४ जनाले ’ए प्लस’, ४६ हजार १ सय ३० ले ’ए’, ४९ हजार ३७ जनाले ’बी प्लस र ७० हजार ५ सय १२ ले बी ग्रेड प्राप्त गरेका छन् ।
०००
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीद्वारा माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक :
१४ हजार २ सय ३४ जना ’ए प्लस’,
४६ हजार १ सय ३० ले ’ए’
४९ हजार ३७ जनाले ’बी प्लस र
७० हजार ५ सय १२ ले ल्याए बी ग्रेड
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








