बेल्जियमका अगाडी ट्युनिसिया निरिह (फाेटाे फिचर सहित)

“
असार ९, काठमाडौं । फिफा विश्वकप २०१८ मा समूह जी को आज भएको दोस्रो खेलमा बेल्जियमले प्रभाबशाली जित हासिल गरेको छ ।
रसियाको मस्को स्थित स्र्पाटक रंगशालामा भएको खेलमा बेल्जियमले ट्युनिसियालाई ५–२ गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा यात्रा सुनिश्चित गरेको छ ।
बेल्जियम राउण्ड अफ १६ मा पुग्ने पाँचौ टीम भएको छ, भने ट्य्निसिया विश्वकपबाट बाहिरिएको छ । बेल्जियमका लागि रोमेलु लुकाकु र एडेन हाजार्डले दुईदुई गोल गरे । मिची ब्याटसुवायीले १ गोल गरे ।
खेलको छैठौं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै हाजार्डले बेल्जियमलाई अग्रता दिलाएका थिए । रोमेलु लुकाकुले १६ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । त्यसपछि ट्युनिसियाले पहिलो हाफमा एक गोल फर्काएको थियो । ट्युनिसियाका लागि डिलन ब्रोनले गोल गरेका थिए ।
लुकाकुले पहिलो हाफको अन्तिम समयमा फेरी गोल गर्दै स्कोर ३-१ पार्दै विश्वकप २०१८ मा आफ्नो चौथो गोल गरे । उनी पोर्चुगलका क्रिष्टियानो रोनाल्डोसँगै विश्वकपमा सर्वाधिक गोलकर्ता बनेका छन् ।
खेलको दोस्रो हाफमा हाजार्डले पुनः गोल गर्दै स्कोर ४-१ बनाएका थिए भने, परिवर्तित खेलाडी मिची ब्याटसुवायीले इन्जुरी समयमा बेल्जियमका लागि पांचौं गोल गरे । ट्युनिसियाका लागि इन्जुरी समयमै वाबि खाज्रिले सान्तवना गोल गरे ।
बेल्जियमले पहिलो खेलमा पानामालाई ३–० ले पराजित गरेको थियो । यो समुहमा इङ्ल्याण्ड र पानामा रहेका छन् । उनीहरुको खेल आइतबार हुँदै छ ।
“








