एसईई परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं, असार, ९ । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालयले केहीबेरअघि पत्रकार सम्मेलन गरी गत चैत महिनामा सञ्चालित परीक्षाको नतिजा सार्वजनिक भएको हो ।

एसईई परीक्षामा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी भएका थिए । नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ परीक्षार्थी सहभागी थिए ।

नतिजाका लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.soce.gov.np मा हेर्न सकिने बोर्डले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =