एसईईको नतिजामा किन ढिलाई, के दक्ष जनशक्ति नभएर हो ?

काठमाडौं, असार, ९ । गत चैतमा सञ्चालित उच्च माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजामा ढिलाई भएको छ। आजै हुने भनिएको नतिजा आज सार्वजनिक हुन्छ की हुँदैन भन्ने अन्यौलता देखिएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले अपराह्न ४ बजे पत्रकार सम्मेलनमार्फत नतिजा सार्वजनिक गर्ने भनिएपनि ७ बजिसक्दा सम्म सार्वजनिक गरेको छैन्।

परीक्षा नियन्त्रक अम्बिका प्रसाद रेग्मीका अनुसार प्राविधिक कारणले नतिजा आउनुमा ढिलाई भएको हो। अझै केही समय लाग्नेछ।
अहिले नतिजा सार्वजनिक गर्नका लागि प्राविधिक पक्ष मिलाउन परीक्षा बोर्डका पदाधिकारीहरुको बैठक बसिरहेको छ।

दक्ष जनशक्ति अभावमा परीक्षा नियन्त्रण कार्यालयले तोकिएको समयमा नतिजा प्रकाशन गर्न नसकेको हो ।

स्रोतका अनुसार नतिजाको डाटा व्यवस्थापनमा काम गर्ने दक्ष जनशक्तिको अभावले ढिलाइ भएको हो । कार्यालयमा गत वर्षसम्म काम गरेका इन्जिनियर सरुवा भएपछि यसवर्ष नयाँ इन्जिनियरमार्फत काम गराउँदा ढिला भइरहेको कार्यालय स्रोतले जनाएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले ३ बजे बोर्ड बैठक डाकिएको थियो ।

राष्ट्रिय परीक्षा बोर्डका सदस्य कृष्णप्रसाद काप्रीले विद्यार्थी लेजर प्रिन्ट भइरहेको बताए । उक्त लेजरमा बोर्डका पदाधिकारीले हस्ताक्षर गरेपछि मात्रै नतिजा सार्वजनिक गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *