निर्वाचनको कार्यक्रम केहीदिन स्थगित गर्न राजपाको माग

काठमाडौं, भदौ ३ । राष्ट्रिय जनता पार्टीले प्रदेश नम्बर २ निर्वाचनको कार्यक्रम केही दिनका लागि स्थगित गर्न आग्रह गरेको छ । अहिले तराईका जिल्लाहरु बाढी र डुवानले आक्रान्त भईरहेका बेला निर्वाचनको बिषयमा कुरा गर्नु सान्दर्भिक नभएको भन्दै पहिले जनताको पिडा समाधान गर्न राजपाले आग्रह गरेको हो ।

प्रदेश नम्बर २ मा बाढीको प्रभाव धेरै परेको र यो समय निर्वाचनको कुरा गर्ने समय नभएकाले केही दिन निर्वाचनको कार्यक्रम स्थगित गर्न राजपाले आग्रह गरेको हो । राजपा प्रवक्ता डिम्पल कुमारी झाले बाढी प्रभावित जनता सँग निर्वाचनको कुरा गर्न सकिने स्थिति नभएकाले तत्कालका लागी निर्वाचनस्थगित गरेर सरकार राहत र उद्धारमै केन्द्रीत हुनुपर्ने बताउनुभयो । जनताको दैनिकी सामान्य अवस्थामा पुगेपछि मात्रै निर्वाचनको बिषयमा कुरा गर्न उपयुक्तहुने राजपाले सरकारलाई सुझाव दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *