विश्वकप : पहिलो हाफमा बेल्जियम ३, ट्युनिसिया १ गोल

मस्को । रुसमा जारी विश्वकप अन्तर्गत शनिबार भएको बेल्जियम र ट्युनिसियाबीचको खेलमा पहिलो हाफमा
समूह जीको बेल्जियमले ३ गोल गर्दा ट्युनिसियाले १ गोल गरेको छ।

बेल्जियमले खेल सुरु भएको ६ मिनेटमै गोल गरेको थियो । पहिलो गोल पेनाल्टीबाट बेल्जियमका इजन हजार्डले गरे। दोस्रो गोल १६ मिनेटमै बेल्जियमका लुकाकुले गरे।

तेस्रो गोल भने ट्युनिसियाका लागि १८ औँ मिनेटमा डिलान ब्रोनले गरे भने चौथो गोल बेल्जियमका लुकाकुले पहिलो हाफको थपिएको चौथो मिनेटमा गरेका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =