प्रमको चुनावमा भोट हाल्न जाने तर जनतालार्इ भोट हाल्नु हुन्न भन्नु द्धयद चरित्र

सर्लाही, ३० जेठ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले प्राप्त उपलब्धी संस्थागत गर्न दोस्रो चरणको चुनाव अपरिहार्य रहेको बताउनु भएको छ । सोमबार सर्लाहीको नवलपुरमा आयोजित पत्रकार सम्मेलन मार्फत संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले अधिकार प्राप्ती कै लागी आफुहरु चुनावमा होमिएको बताउनु भयो ।

जनता चुनावमा जान हतारीएकोले जनतालाई कसैले रोकेर रोक्न नसकीने र चुनाव हुने उहाँको भनाई थियो ।

उहाँले राजपाको एकाध स्थानमा गरेको अबरोधले आतिहाल्नु नपर्ने र चुनाव अत्यन्त सहज वातावरणमा सम्पन्न हुने बताउँनु भयो ।

विभिन्न समयको आन्दोलन जन आन्दोलन तथा शसस्त्र बिद्रोहको परिणाम स्वरुप देशमा प्राप्त भएका संघीय लोकतान्त्रीक गणतन्त्र चुनावबाट नै संरक्षण हुने भएकाले आसन्न चुनाव यो वा त्यो बहानामा रोक्न नहुने  अध्यक्ष यादवको भनाई छ ।

अर्को फरक प्रसंगमा राजपा तर्फ इंगित गर्दै प्रधानमन्त्रीको चुनावमा लाईन लागेर भोट हाल्न जाने तर मधेशका जनता स्वयम उमेद्धवार बन्ने र जनताले आफ्नो अधिकार प्रयोग गर्ने चुनावमा भोट हाल्नु हुन्न भन्नु द्धयद चरित्र भएको उहाँले बताउँनु भयो ।  साथै राजपालाई चुनावमा आउने वातावरण बनाइदिन समेत सरकारलाई उहाँले आग्रह गर्नु भएको छ ।

राजपालाई सरकारले चुनाव चिन्ह पाउने ब्यबस्था गरे राजपा चुनावमा सहभागी हुने विस्वास समेत यादवले राख्नु भयो । अध्यक्ष यादवले दोस्रो चरणको चुनावमा राजपा आउने हो भने आफुहरु सहकार्य गरेर अगाडी बढ्न तयार रहेको समेत बताउँनु भयो । चुनावी कार्यक्रम लिएर सर्लाही आउनु भएका अध्यक्ष यादवले राजपाले गरेको विरोध तर्फ इंगित गर्दै आफुहरुको स्वतन्त्र रुपले चुनावी गतिविधी गर्न पाउने अधिकार माथि कसैले प्रहार गर्छ भने प्रतिवाद गर्न आफुहरु जति कुसल अरु नरहेको समेत बताउँनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − four =