बाल नाटक महोत्सवमा ‘चङगा चेट’ उत्कृष्ट

धरान, सुनसरी असार ९ ।  प्रथम बाल नाटक महोत्सवमा दन्तकाली माबि बिजयपुरले प्रस्तुत गरेको ‘चङगा चेट ’ नामक नाटक उत्कृष्ट घोषित भएको छ ।

उत्कृष्ट भएसगै सो नाटकले नगद २५ हजार नगद पुरस्कार समेत प्राप्त गरेको छ । यस्तै, सोही नाटकका निर्दैशक कृष्ण तिम्सीना उत्कृष्ट निर्देशक पुरस्कार बाट सम्मानीत भएका छन भने पुरस्कारको राशि १० हजार रुपैयाँ र प्रमाणपत्र रहेको छ ।

सुनाखरी बोर्डिङ स्कूल धरान १२ को ‘ जोर्नी अफ मिरा ’ नामक नाटक दोश्रो भए भने सो नाटकले नगद २० हजार तथा प्रमाणपत्र हात पारेका छन सो नाटकलाई हरी ईवाहाङ लिम्बुले निर्दैशन गरेका थिए ।  यस्तै, गजेन्द्र कुमार दाहालद्धारा निर्दैशित तथा धरान १३ स्थित रहेको फुस्रे माबिका बिद्यार्थीहरुद्धारा अभिनित नाटक सपना साकारले तेश्रो पुरस्कार हात पारेको छ । जसमा नगद १५ हजार र प्रमाणपत्र रहेको छ ।


त्यस्तै सान्तवना तथा चौथो प्रोत्साहन पुरस्कार सारदा बालिका नमुना माध्यमिक द्यिालय धरान १६ ले लागु पदार्थ अदुब्र्यसन तथा ओसार पोसार भन्ने नामक नाटकले हात पारेका छन । जसको निर्दैशक गंगा मगर रहनुभएको छ ।  महोतसवमै थप प्रोत्सहन स्वरुप दुई नाटकलाई पाचौ स्थानमा राखिएको थियो जसमा पब्लिक उच्च मा बि धरान १२ को मिलन चाम्लिङ राईद्धारा निर्दैशित नाटक तारा बाजी लै लै र युरेका मा बिका तुलसा थापाद्धारा निर्दैशित नाटक रुवरुप नामाक नाटक परेको छ ।

सो नाटकहरु प्रोत्साहनमा परेपनि नगद पुरस्कार भने प्राप्त गर्न सकेको छैन ।  विजेताहरुलाई धरान प्रज्ञा प्रतिष्ठानका अध्यक्ष अम्बीका प्रसाद तुम्वाहाम्फोले प्रमाणपत्र र नगद पुरस्कार वितरण गरेका थिए । धरान प्रज्ञा प्रतिष्ठानको आयोजनामा धरान ८ सभागृहमा १ दिन चलेको महोत्सवमा १३ वटा बिद्यालयका १३ बटा नाटक मञ्चन गरिएको थियो ।

महोत्सवमा सहभागी सम्पूर्ण कलाकारलाई बिभिन्न बिद्यालयले अभिनय सम्बन्धी तालिम गराई सो प्रतियोगीतामा भाग लिईएको बिद्यालय स्तरीय बाल नाटक प्रतियोगीताका सम्योजक गोपाल देवानले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 12 =