चन्द्रमाको यो माटोमा कसको हक लाग्छ ?

एजेन्सि । एउटा सानो सीसाको बोतलमा थोरै माटोको धुलो राखिएको छ । आमरुपमा हेर्दा यो सामन्य नै देखिन्छ । तर, यसको मालिकका लागि यो कुनै बहुमुल्य खजाना भन्दा कम छैन् ।

लाँरा मरे नामकी एक महिलाको भनाई छ –यो सामन्य धुलो होइन, बरु चन्द्रमाबाट ल्याएको माटो हो, जसलाई चन्द्रमा पहिलापटक खुट्टा राख्ने अन्तररिक्षयात्री नील आर्मस्ट्रङले आफै उनलाई दिएका हुन् । लाँरा जव ११ बर्षकी थिइन्, नील आर्मस्ट्रङले यो माटो उनलाई उपहारका रुपमा दिएका थिए, यद्यपी अहिलेसम्म उनले यो माटो राखेको ठाँउ भुलेकी थिइन् ।

उनको भनाई छ, नील आर्मस्ट्रङले उनलाई यो दिनेबेला नोट पनि लेखेका थिए, ‘यो लाँरा एन्न मेरेका लागि हो, वेस्ट अफ लक, नील आर्मस्ट्रङ अपोलो एक्आई’ खास गरेर लाँराका पिता टाँम मरे एयरफोर्समा पाइलट थिए र नील आर्मस्ट्रङका साथी पनि ।

पाँच बर्ष पहिला आफ्ना आमा–बुवाको निधनपछि, जब लाँरा घरका सामान मिलाउदै थिइन्, तव उनलाई चन्द्रमाको माटो राखेको बोतल मिलेको थियो ।  लाँरा अहिले अमेरिकाको टेनसी राज्यमा बस्छिन् र उनी विशेष उपहार आफुसँगै राख्न चाहन्छिन् । यहीँकारण उनले एक वकिल पनि नियुक्त गरेकी छिन् । उनले अदालतमा पनि मुद्दा दर्ता गराएकी छिन् ताकि उनीबाट कसैले त्यो माटो लैजान नसकोस् ।

यद्यपी अहिलेसम्म नासाले चन्द्रमाको यो माटो ल्याउने कोशिष गरेको छैन् । तर, लाँराका वकिल क्रिस्टोफर मैकहूयजका अनुसार इतिहास यस्तो छ कि नासाले चन्द्रमासँग जोडिएका सवै समान आफुसँग राख्छ ।

मैकहूयज भन्छन–लाँरा चन्द्रमाबाट ल्याएको यो माटोको खास मालिक हुन् । यसको प्रमाणका रुपमा नील आर्मस्ट्रङको अटोग्राफ पनि छ । र दावी छ कि यसलाई विशेषज्ञबाट प्रमाणित गरिएको छ ।

यही अर्कोतर्फ चन्द्रमासँग जोडिएका नमुनाको नासा नियमवाली अनुसार चन्द्रमाका सवै नमुना अमेरीकी सरकारको क्षेत्राधिकारमा आउँछन् ।

नासाको नीतिका अनुसार चन्द्रमासँग जोडिएको समानको प्रयोग आधिकारिक उद्देश्यका लागि मात्रै गर्न सकिन्छ ।

यद्यपी प्रश्न यो पनि छ –के यो माटोको साचो अर्थमै चन्द्रमाबाट ल्याएको हो ?

अदालतमा पेश केही दस्ताबेजका अनुसार विशेषज्ञले यसको जाँच गरे र पाए कि यो पाउडर वा चन्द्रमाको सतहको धूलो हुन सक्छ ।

यसका साथै विशेषज्ञले यो पनि भनेका छन–यस्तो पनि हुन सक्छ, यो माटोको धूलमा पृथ्वीको माटो पनि मिसाइएको हुन सक्छ ।

तत्कालका लागि त यो देख्नुपर्छ कि मरे कानुनको सहायताले यो माटो आफुसँग राख्न सक्छिन कि सक्दैनन् ? यो पनि हुन सक्छ कानुनी प्रक्रियाबाट उनलाई यो माटोको छनक मिलेको हुन सक्छ, जुन अहिलेसम्म थाहा थिएन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *