आमसभालाई सम्बोधन गर्दागर्दै हृदयाघातबाट निधन

असार ११, डडेल्धुरा । नेकपा एमालेले डडेल्धुरा जिल्ला, पर्शुराम नगर कमिटीका अध्यक्ष बहादुर महताको स्थानीय तहको निर्वाचनका क्रममा यही असार ८ गते पर्शुराम–११ मा आयोजित आमसभालाई सम्बोधन गर्दै गर्दा हृदयाघातबाट निधन भएकामा दुःख व्यक्त गरेको छ ।

विसं २०२८ मङ्सिर २५ गते जन्मनुभएका नेता महताले यसअघि तीन कार्यकाल साबिकको जोगबुढा गाउँ कमिटीको सचिव हुनुका साथै दुई कार्यकाल जिल्ला कमिटी र जिल्ला सचिवालयको सदस्य भएर पार्टीमा नेतृत्व दिनुभएको थियो ।सशस्त्र द्वन्द्वका बेला राज्य पक्षबाट झुटा मुद्दा लगाएर थुनिँदा पनि महता बिचलित नभएर पार्टीका पक्षमा दृढतापूर्वक उभिनुका साथै पार्टीको काममा सक्रिय रूपमा लाग्नुभएको थियो । उहाँका चार छोरा र दुई छोरी छन् । पार्टीले दिवङ्गत महता प्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =